कोशी अस्पतालको पोषण पुनः स्थापना केन्द्रबाट बालबालिका कुपोषणमुक्त « Khabarhub

कोशी अस्पतालको पोषण पुनः स्थापना केन्द्रबाट बालबालिका कुपोषणमुक्त


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कुपोषित बालबालिकाको स्वास्थ्य पुनः स्थापना गर्दै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउन सहयोग पुर्‍याउने उद्देश्यले विराटनगरस्थित कोशी अस्पतालमा सञ्चालित पोषण पुनः स्थापना केन्द्र बालबालिकाको जीवनमा नयाँ आशा बोकेको केन्द्र बनेको छ । 

दश शय्या क्षमताको यो केन्द्रबाट स्थापना भएको उक्त केन्द्रबाट सयौँ कुपोषित बालबालिकाले उपचार पाएर स्वस्थ जीवन फर्किएका छन् ।

यस केन्द्रले कोशी प्रदेशका विशेषगरी मोरङ, सुनसरी, झापा, सोलुखुम्बुलगायत जिल्लाबाट आएका कुपोषित बालबालिकालाई बर्सेनि सेवा दिँदै आएको छ । 

विसं २००४ मा सरकारले सञ्चालन गरेको यस कोशी अस्पताल पुनः स्थापना केन्द्रबाट एक हजार ८७२ कुपोषित बालबालिकाले उक्त सेवा लिइसकेका छन् । 

अस्पतलकी मेडिकल सुपरिटेन्डेन डा रुणा झा अस्पतालमा सञ्चालित पोषण पुनः स्थापना केन्द्रको उद्देश्य कुपोषित बालबालिकाको स्वास्थ्य पुनः स्थापना गर्दै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउनु रहेको बताउँछिन् ।  

केन्द्रमा भर्ना भएका बालबालिकालाई चिकित्सकको निगरानीमा सन्तुलित आहार, उपचार र आवश्यक परामर्श प्रदान गरिन्छ । साथै, बालबालिकाको हेरचाहमा संलग्न आमा वा अभिभावकलाई पोषिलो खाना पकाउने, खुवाउने र सरसफाइका व्यवहारबारे व्यावहारिक प्रशिक्षण दिइन्छ ।  

‘पोषण पुनः स्थापना गृहले बालबालिकाको जीवन मात्र होइन, भविष्य पनि जोगाइरहेको छ, यसले बाल मृत्युदर घटाउन ठूलो सहयोग गरेको छ’,  मेसु डा झा भन्छिन्, ‘कुपोषणले बालबालिकाको शरीर मात्र होइन, मानसिक विकासमा पनि असर पार्ने हुँदा समयमा नै उपचार र पोषणको सचेतता अत्यावश्यक छ ।’

पोषण पुनः स्थापना केन्द्रको मापदण्डअनुसार कुपोषण भएका बालबालिका उपचारका लागि अस्पताल ल्याएमा अभिभावकसँग परामर्श गरेर तुरुन्त भर्ना गराई उपचार सुरु गरिने मेसु झाले बताइन् । 

उनले प्रदेशका जुनसुकै ठाउँबाट आएका शीघ्र कुपोषणमा बालबालिकालाई पनि भर्ना गरी एक अभिभावकको साथैमा निःशुल्क उपचार गरिने जानकारी दिइन् । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार बालबालिकाको मस्तिष्कको ८० प्रतिशत विकास दुई वर्षभित्र हुन्छ । त्यस उमेरमा पर्याप्त पोषण नपुग्ने हो भने बालबालिकाको भविष्य नै जोखिममा पर्छ । नेपालमा कुपोषणको दर केही घट्दो क्रममा छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार कुपोषणका कारण हुने पुड्कोपनको दर घटेर २५ प्रतिशतमा झरेको छ, जुन पाँच वर्षअघि ३६ प्रतिशत थियो ।

केन्द्रकी नर्सिङ इन्चार्ज चन्द्रकला सापकोटा उक्त केन्द्रमा विपन्न परिवारका कुपोषित बालबालिका मात्र होइन, सम्पन्न परिवारका बालबालिका पनि आउने गरेको बताउँछिन् । 

‘जङ्कफुडका कारण बालबालिका कुपोषित हुने गर्छन्, कतिपयले खाना नपाएर कुपोषित हुनुपरेको छ, यिनै समस्याबीचमा हामी काम गरिरहेका छौँ,’ उनी भन्छिन्, ‘आशै मारिसकेका बालबालिकालाई पनि स्वस्थ बनाएर पठाएका छौँ ।’

केन्द्रमा भर्ना भएका बालबालिकामध्ये अधिकांशले सुधार देखाएर घर फर्किने गरेका छन् । ‘यहाँ भर्ना भएका सबै बालबालिका राम्रोसँग निको भएरै गएका छन्,’ इन्चार्ज सापकोटाले भनिन्, ‘हामी आमाबाबुलाई पनि पोषिलो खाना कसरी पकाउने र खुवाउने भनेर व्यावहारिक सल्लाह दिन्छौँ ।’

केन्द्रकी पोषणविद् जेनिशा दाहाल केन्द्रमा आएका कतिपय बालबालिकाको कुपोषणका कारण केवल खान नपाएर मात्र होइन, खान नजानेर पनि समस्या देखिएको बताउँछिन् ।  

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ३ : २५ बजे

रंगिन संसार छाडेर गायक–कलाकारहरूको पलायन यात्रा !

काठमाडौं – धेरै नायक नायिकाहरू विदेश पलायन भएर ठूलो पर्दामा

नेसेलुङमा राउटे समुदायको संस्कृति झल्काउने विशेष मेला

मोरङ – घुमन्ते जीवनशैली, आफ्नै भाषा र मौलिक संस्कृतिका कारण

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आइतबार आयोजित निःशुल्क विशेषज्ञ

सुनकोशीको बेलिब्रिज झिकिएपछि स्थानीयलाई समस्या

खोटाङ– सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी

एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक