दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु « Khabarhub

दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आजदेखि नेपालगञ्जमा सुरु भएको छ । 

नेपालगञ्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले उद्घाटन गरे । 

सो अवसरमा उनले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना भएकाले प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘पौडी खेलका लागि खर्च भएको रकमको २५ प्रतिशत प्रदेश सरकारले बेहोर्ने छ ।’ उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य अम्बिका काफ्लेले पौडी खेलका गतिविधिलाई बढाएर रङ्गशालामा भएको पौडी पोखरीको सदुपयोग गर्न सुझाव दिए । 

उद्घाटन खेलमा ५० मिटर अन्डर आठ ब्याक स्टोक इमेन्टमा सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजवीन जिरेल प्रथम, आदर्श माध्यमिक विद्यालय नेपालगञ्जका युभान श्रेष्ठ दोेस्रो र कोशी प्रदेशका विष्णु पराजुली तेस्रो भएका थिए । 

त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर आठ ब्वाइजमा सगरमाथा क्लबका राजविन जिरेल प्रथम, शिखा एकेडेमी कोहलपुर बाँकेका दिप्सन पुन मगर दोस्रो र आदर्श मावि नेपालगञ्जका युभान श्रेष्ठ तेस्रो हुनुभएको छ । 

त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर आठ गल्समा सगरमाथा क्लबका छियाना महर्जन प्रथम, आदर्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमी कोहलपुरकी श्रीजा रेग्मी तेस्रो स्थान हासिल गर्नुभएको छ । २५ मिटर ब्याकस्ट्रोक अण्डर आठ गल्समा सगरमाथा क्लबकी छियाना महर्जन प्रथम, आदर्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमीकी काफिया चलाउने तेस्रो भए । प्रतियोगिताका विजेता खेलाडीहरुलाई मन्त्री पाण्डेले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । 

प्रतियोगितामा देशभरिका अन्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुला उमेर समूहका १५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको छ । 

अन्डर आठ उमेर समूहका खेलाडीहरूले २५ मिटर दुरीमा प्रतिस्पर्धा गर्ने छन् भने अन्डर १० उमेर समूहका खेलाडीले अन्य खेलाडीहरूले ५० मिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् । 

त्यसै गरी अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर दूरीका विभिन्न इभेन्टहरुमा प्रतिस्पर्धा गर्नेछन् । खुला उमेर समूहमा २०० र ४०० मिटर दूरीका विभिन्न इभेन्टमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।  

प्रतियोगितामा विभिन्न ५६ वटा इभेन्टमा हुनेछन् । यसअघि नेपालगञ्ज स्वीमिङ क्लबले दुई दिने स्वीमिङ प्रशिक्षक प्रशिक्षण तालिम गरेको थियो । यो प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ३ : ४४ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज