‘परान’को प्रिमियर : मध्यान्तरमै रुवाबासी « Khabarhub

‘परान’को प्रिमियर : मध्यान्तरमै रुवाबासी


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म प्रचारका लागि दर्शकले आँशु खसालेको भिडियो सामाजिक सञ्जालमा राख्ने प्रवृति बढ्दो छ ।

त्यस्ता भिडियोले दर्शकले ‘मन छुने कथामा फिल्म बनेछ’ भनेर हलमा हेर्न पुग्छन् तर, उनीहरुले निराश बनेर फर्किन्छन् ।

दीपक आचार्य ‘काकु’को डेब्यू लेखन र निर्देशनमा बनेको फिल्म ‘परान’ हेरर दर्शक रोएको भिडियो सामाजिक सञ्जालमा नआउँला भन्न सकिन्न ।

किनकि प्रिमियर शो हेर्न बिहीबार सुन्धार पुगेका अतिथिले फिल्म हेरेपछि प्रतिक्रिया दिए, ‘फिल्मको कथा नै त्यस्तै छ । मन गाँठो पारिहाल्छ । आँखामा आशु भरिएको थाहै हुँदैन ।’

रोएर आँखा राता नपार्ने अतिथि कमै थिए ।

प्रिमियरका अतिथिलाई फिल्मले मध्यान्तरमा नै रुवायो । मध्यान्तरको ब्रेक बाहिर निस्कँदा निर्देशक आचार्यलाई अंकमाल गेरर केही अतिथिले भन्द थिए, ‘आधीमै रुवाउनुभयो । गज्जब बनाउनुभयो ।’

मध्यान्तरमै दीपकले आफू निकट अतिथिबाट फिल्म राम्रो बनाएको भन्दै बधाई पाइसकेका थिए ।

वृद्ध बाले जीवनको उतारद्धमा सन्तानको साथ खोज्ने घटनालाई पर्दामा उनले उचित ढंगले उतारेका छन् ।

फिल्म हेरेपछि फिल्मका शीर्ष कलाकार नीर शाहको पनि आँखामा आशु थामिएन । कलाकार पूजा चन्द पनि रोइरहेकी थिइन् ।

निर्देशक दीपक पनि रोइरहेका थिए । उनले भने, ‘आमलाई लिएर आएको थिएँ । उहाँ रुन लाग्नुभयो । त्यसपछि मेरो पनि मन थामिएन ।’

फिल्म हेर्दा अतिथि रोए पनि दीपकमा गलत सन्देश जान्छ कि भन्ने डर थियो । उनले भन्न भ्याए, ‘अहिले फिल्म हेर्दा रोएको दृश्य देखाउने गलत प्रवृति छ । कतै गलत सन्देश जान्छ कि भन्ने डर थियो र नरुन प्रयास गरेको थिए । तर, अवस्था नै त्यस्तो बन्यो ।’

फिल्म हरेपछि मिडियासँग साक्षात्कार गरेका कलाकारहरुले फिल्म समय सान्दर्भिक वैदेशिक रोजगारीको विषयमा बनेको प्रतिक्रिया दिए ।

आशु रोक्न नसकेको उनीहरुको प्रतिक्रिया छ ।

वरिष्ठ कलाकार हरिवंशको ‘परान’ले आफ्नो मन जितको प्रतिक्रिया दिए । उनले थपे, ‘मेरा मात्रै होइन हलमा सबैको आँखा रसाएको छ । पहिलो निर्देशनमै दीपक भाइले राम्रो काम गर्नुभएको छ ।’

गायक रामकृष्ण ढकालले आफू फिल्म हेर्दा पटक–पटक रोएको बताए । उनले भने, ‘एकदमै राम्रो फिल्म । दुई–तीन ठाउँमा आशु पनि खस्यो ।’

कलाकार भरतमणि पौडेलले ‘परान’ हाम्रै समाजको कथामा बनेको फिल्म रहेको बताए । उनले भने, ‘यो कथालाई मैले रिलेट गर्न सकेँ । गाउँ समाजले भागेको र देखिरहेको घटना हो यो ।’

अर्का कलाकार सुमन कोइरालाले भने धेरैपछि मन छुने फिल्म हेर्न पाएको प्रतिक्रिया दिए । भने, ‘‘पशुपति प्रसाद’ पछि सबैभन्दा बढी मन परेको फिल्म यही हो ।’

हेर्नैपर्ने सिनेमाको ‘परान’को नाम दर्ज हुनेमा उनको आकलन छ ।

कलाकार पवन खतिवडालाई भने ‘परान’को घटना आफ्नै जीवनमा घट्छ कि भन्ने डरले झस्काए छ ।

उनले भने, ‘मलाई साँच्चिकै भावुक बनायो । मेरो जीवनमा परानको घटना नहोस् । हुन्छ कि भन्ने डर लाग्यो ।’

यस फिल्मको लेखक निर्देशक दीपक आफैँ हुन् । फिल्ममा नीरसहित नायकहरु प्रवीण खतिवडा, महेश त्रिपाठी, नायिकाहरु केकी अधिकारी र अञ्जना बराइली शीर्ष भूमिकामा छन् ।

व्यवसायी शेखर गोल्छा र रञ्जन आचार्यको कम्पनी बाइस्कोप सिनेमा प्रालिले यस फिल्ममा लगानी गरेको हो ।

थप तस्बिरहरु :

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ४ : २४ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख