ल्यान्डफिल्ड साइटका स्थानीयले भने : बालेन्द्रसँग अब विश्वास छैन, कुलमान नै बन्चरेडाँडामा आउनुपर्छ | Khabarhub Khabarhub

ल्यान्डफिल्ड साइटका स्थानीयले भने : बालेन्द्रसँग अब विश्वास छैन, कुलमान नै बन्चरेडाँडामा आउनुपर्छ


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बन्चरेडाँडामा फोहोर फ्याँक्ने क्रम रोकिएपछि काठमाडौंमा खैलाबैला भएको छ। काठमाडौंका सडकमा फोहोर थुप्रिन थालेपछि शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता भइरहेको छ ।

कुलमान घिसिङले सम्हालेको उक्त मन्त्रालयमा भइरहेको वार्तामा बन्चरेडाँडाको ल्यान्डफिल्ड साइट पीडित स्थानीयबासी, जनप्रतिनिधि र सरकारी अधिकारी सहभागी छन् ।

यसअघि गरेको १८ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर ‘बालेन्द्र साह हराएको सूचना’ टाँसेका थिए । त्यसपछि अहिले बन्चरे डाँडाका लागि पठाइएको काठमाडौंको फोहोर बाटैमा अड्किएको छ।

शुक्रबार संघीय सरकारसँग वार्ताका लागि आएका बन्चरेडाँडाका पीडितहरूले यसअघि काठमाडौं महानगरका मेयर बालेन्द्र साहसँग भएको १८ बुँदे सहमति कार्यान्वयन नभएकोमा आपत्ति जनाए ।

वार्तामा आएका स्थानीय युवा निराजन सञ्जेलले फोहोर पीडित आफूहरूलाई जिल्ला प्रशासन कार्यालय धादिङमा सार्वजनिक अपराधको मुद्दा हालेर दु:ख दिने काम गरेको बताए ।

उनले काठमाडौंबासीले आफूहरूलाई झोले भन्ने गरेको गुनासो गरे। वार्तामा आउँदा पनि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले साधारण कर्मचारी खटाइदिएर हेप्ने गरेको पनि बताए । ‘हामी अब फोहोरका कारण मर्न चाहँदैनौँ । अब हामी कि त अहिले नै मर्ने कि त समाधान खोज्ने पक्षमा छौँ’, उनले भने, ‘महानगरमा जाँदा सहरी विकासमा पठाउँछन् । सहरी विकास गए महानगरमा। त्यसैले अब हरेक समस्याको समाधान बन्चरेडाँडामा बसेर खोजिनुपर्छ।’

उनले आफूहरूका दुईवटा मात्रै माग रहेको पनि बताए । ‘पहिलो, हामीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा रहेका सार्वजनिक मुद्दा खारेज हुनुपर्‍यो । दोस्रो, मन्त्रीज्यू (भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ) ले बन्चरे डाँडा घुम्नु पर्‍यो’, उनले भने, ‘यसअघि काठमाडौंका मेयर बालेन्द्र साहसँग १८ बुँदे सहमति गर्‍यौँ । खै त कार्यान्वयन भएको? हामीलाई काट्न स्थानीय खुँडा लिएर बसेका छन् ।’

उनले बालेन्द्रसँग भएको सहमति कार्यान्वयन नभएकाले आफूहरू सिधै संघीय सरकारसँग वार्ता गर्न आएको बताए । ‘हामीलाई हाम्रो क्षेत्रका जनप्रतिनिधिसँग विश्वास छ । तर काठमाडौंका मेयरसँग मिलेर के के खाए, कति खाए भन्ने आरोप स्थानीयले लगाएका छन्’, उनले भने, ‘हरेक समस्याको समाधान अब बन्चरे डाँडामै हुनुपर्छ । हामीलाई अब कुलमान घिसिङसँग आशा छ । मन्त्रीज्यू त्यहीँ आएर समाधान गरिनुपर्छ ।’

उनले शुक्रबार मन्त्रालयमा मन्त्री घिसिङ नभएको थाहा पाएको भए वार्तामै नआउने पनि बताए । ‘हामी अब कुनै पनि चिल्ला कुरा मान्नेवाला छैनौँ । हिजो जहिले पनि सिंहदरबारमा सहमति हुने गरेको थियो’, उनले भने, ‘हामीले बालेन्द्र साह हराएको सूचना टाँसेका थियौँ, एक लाख रुपैयाँ दिन्छु भनेर । बालेन्द्र हराएकाले अब हामी संघीय सरकारलाई खोज्दै सिंहदरबारमा छिरेका छौँ । अब सिंहदरबार बन्चरे डाँडामा आएर समाधान खोजोस् ।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ५ : २८ बजे

पहिलो पुस्ताका नेता बिदा नभएसम्म पार्टी एकताको अर्थ छैन : घनश्याम भुसाल

काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा

११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत

नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति

नवलपरासी – पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी,

‘अत्यावश्यकबाहेक मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नू’

मुग्लिन (चितवन)– अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी