दक्षिण अफ्रिकी स्टार क्रिकेटर फाफ डु प्लेसिस विराटनगर किंग्सबाट खेल्ने | Khabarhub Khabarhub

दक्षिण अफ्रिकी स्टार क्रिकेटर फाफ डु प्लेसिस विराटनगर किंग्सबाट खेल्ने


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण अफ्रिकी चर्चित क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा विराटनगर किंग्सबाट खेल्ने भएका छन्।

विराटनगर किंग्सले शुक्रबार सामाजिक सञ्जालमार्फत डु प्लेसिसलाई टिममा स्वागत गर्दै लेखेको छ, ‘फाफ डु प्लेसिस इज हेयर। नीड वी से मोर ?’

फाफ डुलाई विराटनगर किंग्सका खेलाडी सन्दीप लामिछानेले पनि स्वागत गरेका छन् । उनले लेखेका छन्, ‘कस–कसले ठ्याक्कै अनुमान गर्नुभयो त ? स्वागत छ फाफडुपलाई हिमालयको पर्व नेपाल प्रिमियर लिगमा !’ उनले फाफ डु प्लेसिसको आगमनप्रति खुशी व्यक्त गरेका छन्।

फाफ डु प्लेसिसको क्रिकेट करिअर

फाफ डु प्लेसिस दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका पूर्वकप्तान हुन्। उनले टेस्ट, एकदिवसीय र टी–२० तिनै प्रारूपमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई विश्व क्रिकेटका अग्रणी ब्याट्सम्यानका रूपमा स्थापित गरेका छन्।

३७ वर्षीय डु प्लेसिसले सन् २०११ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। उनले दक्षिण अफ्रिकाका लागि ६९ टेस्ट, १४३ एकदिवसीय र ५० भन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टेस्टमा १० शतक र २१ अर्धशतकसहित ४ हजार १ सयभन्दा बढी रन बनाएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाश लिएपछि उनले विश्वभरका फ्रेन्चाइज लिगहरूमा धमाकेदार प्रदर्शन गर्दै आएका छन्।

उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्स र पछिल्लो समय रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्दै कप्तानीसमेत सम्हालेका थिए।

उनको अनुभव र ब्याटिङ क्षमताले नेपाल प्रिमियर लिगमा नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ। विराटनगर किंग्सले डु प्लेसिसको आगमनले टोलीको शक्ति अझ बलियो बनेको जनाएको छ।

नेपाल प्रिमियर लिग २०२५ नजिकिँदै गर्दा डु प्लेसिसको सहभागिता नेपाली क्रिकेटका लागि ठूलो आकर्षण बन्ने देखिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ५ : ३९ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी, तुलसीको व्रत र पूजा गरी मनाइँदै

काठमाडौं– आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान्

आज २०८२ साल कात्तिक १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १५ गते शनिबार। कात्तिक

पहिलो पुस्ताका नेता बिदा नभएसम्म पार्टी एकताको अर्थ छैन : घनश्याम भुसाल

काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा

११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत