जेन-जी आन्दोलनका क्रममा लुटिएको प्रहरीको पेस्तोल एक लाखमा बेचियो « Khabarhub

जेन-जी आन्दोलनका क्रममा लुटिएको प्रहरीको पेस्तोल एक लाखमा बेचियो


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा गत भदौ २४ गते जेन-जीहरूको प्रदर्शनका क्रममा प्रहरीबाट लुटिएको एउटा पेस्तोल एक लाख रुपैयाँमा बेचेको खुलेको छ। उक्त प्रकरणमा संलग्न पाँचजनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ।

प्रहरीका अनुसार भदौ २४ गतेको जेन-जीको प्रदर्शनका क्रममा प्रहरीबाट लुटिएको पेस्तो बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूबाट सीएफ ९८-९ पेस्तोल १ थान, पेस्तोलको म्याग्जिन १ थान र गोली १५ थान बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले प्रहरीबाट लुटिएको पेस्तो एकले अर्कोलाई बेच्दै हिँडेको पाइएको छ।

भदौ २४ गते जेन-जीका नाममा काठमाडौंका अधिकांश प्रहरी कार्यालय अराजक समूहले जलाएका थिए । त्यसदिन काठमाडौंबाट मात्रै १५ सय थानबढी हतियार लुटपाट भएको थियो ।

यसरी एक लाखमा बेचिएको यो पेस्तोल सुरूमा धादिङका कृष्ण गुरूङ र काठमाडौंका राजन देउलाले लुटेको खुलेको छ। त्यसपछि स्वयम्भू बृत्तले उक्त पेस्तोल गुरूङको डेरामा लुकाएको पत्ता लगाएको थियो ।

प्रहरीले गुरूङलाई बौद्धबाट यही बिहीबार पक्राउ गर्‍यो । गुरुङले पेस्तोल लुटपाटमा देउला पनि सहभागी भएको बताए । तर लुटिएको पेस्तोल उनीहरूबाट भेटिएन।

प्रहरीसँगको बयानमा उनीहरूले पेस्तोल र १५ था गोली बिक्री गर्न अर्कै व्यक्तिलाई दिएको बयान दिए । उक्त पेस्तोल भारतको बिहार घर भएर काठमाडौंको चमती बस्ने अकबर खानलाई दिएको खुल्यो। तर अकबरको साथमा पनि पेस्तोल थिए ।

प्रहरीले सोधपुछ गर्दा अकबरले काठमाडौं-१५ का २६ वर्षीय सुमिन शाक्यलाई ६० हजारमा बेचेको बयान दिए । सुमिन पनि समातिए । तर उनले पनि पेस्तोल अर्को व्यक्तिलाई बेचेको बयान दिए ।

सुमिनले प्रहरीसँगको बयानमा नयाँबानेश्वर निवासी कपडा व्यापारी प्रभात मल्ललाई एक लाख रुपैयाँमा बिक्री गरेको बताए । क्षेत्रपाटीमा कपडा पसल चलाउँदै आएका प्रभातबारे जानकारी पाएपछि प्रहरी त्यहीँ पुगेर छापा हान्यो। त्यहाँ पुगेपछि बल्ल पसलको चेन्जिङ रूमा पेस्तोल र गोली दुवै भेटियो ।

पेस्तोल र गोली भेटिएपछि पक्राउ परेका पाँचैजनामाथि हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान बढाएको छ। उनीहरू सबैविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिइएको भट्टराईले बताए ।

भट्टराईका अनुसार, लुटिएको पेस्तोल र गोलीको स्रोत, बिक्री सञ्जाल र संलग्न अन्य व्यक्तिहरूको खोजी अघि बढाइएको छ।

पक्राउ परेकाहरू

१. कृष्ण गुरुङ (२१ वर्ष) – धादिङ धुनिवेशी गाउँपालिका घर भई काठमाडौं महानगरपालिका–१५ ट्राफिक बिटनजिक चरा पसलका कामदार। उनी प्रहरी कार्यालयबाट पेस्तोल लुटपाटमा संलग्न रहेको ।
२. राजन देउला (२५ वर्ष) – काठमाडौं महानगरपालिका–१५ भगवापाउँ, जर्मन क्वाटर बस्ने। हतियार खरिद र बिक्रीमा संलग्न।
३. अकबर खान (२४ वर्ष) – भारत, मोतिहारी सितामणी घर भई काठमाडौं महानगरपालिका–१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने। हतियार खरिद र बिक्रीमा संलग्न।
४. सुमिन शाक्य (२६ वर्ष) – काठमाडौं महानगरपालिका–१५ बिजेश्वरी रिट्रीट अपार्टमेन्ट नजिक बस्ने। हतियार खरिद र बिक्रीमा संलग्न।
५. प्रभात मल्ल (३८ वर्ष) – काठमाडौं महानगरपालिका–३१ बानेश्वर घर भई क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गर्ने। हतियार खरिद गर्ने व्यक्तिका रूपमा पक्राउ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ५ : ५५ बजे

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी