रामकुमारी भन्छिन्- माओ‌वादीसँगको एकतामा जाँदैनौँ, पार्टी पुनर्गठन गर्छौँ « Khabarhub

रामकुमारी भन्छिन्- माओ‌वादीसँगको एकतामा जाँदैनौँ, पार्टी पुनर्गठन गर्छौँ


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूहरू एकताविरोधी नभएको बताएकी छन् ।

तीन दिनदेखि जारी तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा नेकपा माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई लिएर कलह चलिरहेका बेला उनले यस्तो बताएकी हुन ।

उनले अहिलेको अवस्थामा माओवादीसँग हुने एकतामा सहभागी नहुने पनि स्पष्ट पारेकी छन् । आफूहरू वामपन्थी एकता र ध्रुवीकरणको पक्षमा रहेको उनले बताइन्।

पार्टीको केन्द्रीय कमिटी बैठक काठमाडौंमा चलिरहेका बेला माओवादीसँगको एकताको पक्षमा दुईतिहाइ सहमत भएको जानकारी आएको छ । उता झाँक्री र सम्मानित नेता झलनाथ खनालसहितका नेता एकताको विपक्षमा छन् ।

झाँक्रीले अध्यक्ष माधवकुमार नेपालतिर लक्षित गर्दै आफूहरूलाई एकताविरोधी नठान्न भनेकी छन् ।

‘हामीलाई एकताविरोधी कित्तामा राख्दै हुनुहुन्छ ? गलत ! एकता भएन भने तपाईं र तपाईंलाई मर्जर गर्नेुपर्नै पार्टीले एकता गर्न नचाहे हुने हो । हामी त वामपन्थी एकता र ध्रुवीकरणको पक्षमा हो’, उनले भनेकी छन्, ‘त्यसका लागि न्यूनतम् शर्त पार्टीको पुनर्गठन, रूपान्तरण र एकता हो।’

उनले माओवादीसँग मात्रै विद्यमान अवस्थामा हुने एकतामा आफूहरू सहभागी नहुने अडान यथावत रहेको बताएकी छन् । ‘हामी माओवादीसँगको एकतामा सहभागी हुँदैनौ मात्र भनेको हो’, उनले भनेकी छन्, ‘तपाईंहरू जो-जो यो एकतामा सहमत हुनुहुन्छ, तपाईंहरूलाई बाधा पार्न चाहन्नौ मात्रै भनेको हो ।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ६ : १५ बजे

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी