‘जेन-जीले बिदा हुनु भनेका छैनन्, उनीहरूले नै ७४ वर्षकालाई प्रधानमन्त्री बनाए’ « Khabarhub

‘जेन-जीले बिदा हुनु भनेका छैनन्, उनीहरूले नै ७४ वर्षकालाई प्रधानमन्त्री बनाए’


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको कु-शासनका कारण देशमा भदौ २३ र २४ गते विद्रोह भएको बताएका छन् ।

शुक्रबार तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । ‘ओलीको कुशासनको कारणले, उनकै भ्रष्टाचारपूर्ण शासनले, दम्भपूर्ण व्यवहारले, जनताका समस्या टार्ने कारणले यो विष्फोट भयो’, उनले भने, ‘यो सबै घटनाक्रमबारे मलाई पनि राम्रोसँग थाहा थिएन । तर यो सबै ओलीका कारण भएको हो।’

उनले अहिले युवा पुस्ताले भेटेर नेकपा एसप्रति विश्वास रहेको बताइरहेको सुनाए । ‘युवा पुस्ताले हामीलाई तपाईंको पार्टीमाथि विश्वास छ भनेका छन्। यो गौरव गर्नुपर्ने कुरा हो’, उनले भने ।

आफूले नेतृत्व नछाडेकोबारेमा जवाफ दिँदै उनले जेन-जीले समेत बिदा भएर जानु नभनेको टिप्पणी गरे । ‘जेन-जीले जाओ, जाओ, बिदा होओ भनेका छैनन्’, उनले भने, ‘उनीहरूले त ७४ वर्षको मान्छेलाई ल्याएर प्रधानमन्त्री बनाइदिएका छन् ।’

उनले अब आफूहरूले सिस्टम बसाल्नेबारेमा, आफूभित्रका कमीकमजोरी खोज्नेबारेमा लाग्नुपर्ने बताए ।

तर उनले ओलीलाई भने कटाक्ष गर्दै नमरूञ्जेल पद नछाड्ने व्यक्तिक भने । ‘नमरुञ्जेलसम्म पार्टी र राज्यको सत्तामा बस्ने गरिएको छ । यो सिस्टम बसाल्नेबारेमा विभिन्न पक्षहरूसँग कुरा गर्नुपर्छ । लगातार वर्षौँसम्म पदमा बस्नै पर्ने समस्या छ’, उनले भने, ‘यी सबै चिज फेर्नुपर्ने जरुरी छ ।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : १८ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री