९० प्रतिशत केन्द्रीय सदस्यले एकताको पक्षमा धारणा राख्नुभएको छ, हामी रोकिँदैनौँ : राजेन्द्र राई « Khabarhub

९० प्रतिशत केन्द्रीय सदस्यले एकताको पक्षमा धारणा राख्नुभएको छ, हामी रोकिँदैनौँ : राजेन्द्र राई


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले ९० प्रतिशत केन्द्रीय सदस्यले पार्टी एकताको पक्षमा बोलेकाले पार्टी एकता भएरै छाड्ने बताएका छन् । उनले केन्द्रीय सदस्यले एकताको पक्षमा धारणा राखेकाले अब नरोकिने संकेत गरे । केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राखेपछि खबरहबसँग कुरा गर्दै राईले २०७४ मा पनि एमाले र माओवादी मिलेको तर अदालतले फुटाइदिएको स्मरण गरे ।

“हामी विचार मिल्ने शक्तिहरूसँग एकता गर्ने निर्णयमा पुगेका छौं ९९% साथीहरुले एकताको पक्षमा बोल्नुभएको छ ।” राईले खबरहबलाई भने, “२०७४ मे अदालतले आफ्नो घर फिर्ता नहो भनेको भए माओवादीले हामी एउटै पार्टी भइसकेका थियौँ । त्यसबेला मिल्ने अहिले नमिल्ने भन्ने हुँदैन । विचार नमिल्ने साथीहरू जतासुकै जान सक्नुहुन्छ तर पार्टी एकता गरेर जान्छौं ।”

उनले यही केन्द्रीय कमिटी बैठकबाट पार्टी माओवादीसँग मिल्छ भन्ने प्रश्नमा भने, “बहुमत साथीले गर्नुपर्छ भनिरहनु भएको छ। सकबर सबैलाई मिलाउने प्रयास गरिन्छ एक दुई दिन समय लाग्न सक्छ अथवा आजै पनि निर्णय हुन सक्छ ।” राई माधव नेपाल पक्षका नेता हुन् । पार्टीमा वैचारिक नेताको रूपमा रहेका राईले सुरुवातदेखि नै माओवादीसँगको एकतालाई स्वीकार गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : ३६ बजे

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन