एकीकृत समाजवादीमा माओवादीसँग एकताको जिम्मा सचिवालयलाई « Khabarhub

एकीकृत समाजवादीमा माओवादीसँग एकताको जिम्मा सचिवालयलाई


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा मा‌ओवादी केन्द्रसँग एकताको निर्णय सचिवालयलाई जिम्मा दिएको छ।

तीन दिनदेखि जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा सम्मानित नेता झलनाथ खनालसहितले चर्को विरोध र असहमतिबीच निर्णय भएको हो ।

‘माओवादीसँग एकतासहितका सम्पूर्ण निर्णय सचिवालयको बैठकले गर्ने कुरा भएको छ’, बैठकमा सहभागी एकजना केन्द्रीय सदस्यले भने, ‘सम्मानित नेता झलनाथ खनालले अन्तिमसम्म एकताको विपक्षमा अडान राख्नु भयो । त्यहीकारण सचिवालयलाई जिम्मा दिएको छ ।’

अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा एकता गर्ने प्रस्ताव राखेका थिए। बैठकले नेपालले प्रस्तुत गरेको प्रस्ताव अनुमोदन गरेको हो । बाँकी विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको एक नेताले जानकारी दिए।

के भने माधवले ?

बैठकको अन्तिममा सम्बोधनका क्रममा अध्यक्ष नेपालले माओवादीसँग एकताको कुरा उहिलेदेखि नै चलेको बताए ।

‘माओवादीसँग एकता अभियान उहिलेदेखि नै चलेको हो’, उनले भने, ‘सुटुक्क र व्यक्तिगत रूपमा एकता गरेको पनि होइन । सचिवालय र स्थायी कमिटीको निर्णय अनुसार वार्ता टोली बनाएर बकाइदा एकता प्रक्रिया अगाडि बढाएको हो ।’

उनले आफूहरू माओवादी केन्द्रसँग मात्रै एकताको पक्षमा नरहेको बताए । ‘माओवादीसँग मात्रै होइन, महिन्द्र राय यादव, आजै विभाजन भएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकता हुन्छ’, उनले भने, ‘जेन-जी समहूको वार्तामा बसेका मान्छेहरू पनि आउन खोजेका छन् पार्टीमा ।’

उनले एकता प्रक्रिया अघि बढाउने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ३६/४० वर्ष भइसकेकाले नेतृ्त्व छोड्न सुझाएको पनि बताए ।

‘प्रचण्डलाई छोड्नुस् भनेको छु । मलाई पनि संसार घुम्न मन छ । नेतृ्त्वमा बस्दिनँ’, उनले भने, ‘विपल्वलाई हाम्रो अझै पनि ढोका खुला छ । मैले त महासचिव हुनुस् भनेको थिएँ, उहाँले मान्नुभएन ।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : ४४ बजे

गाजल, मञ्जन र सिन्दूरमा भेटियो घातक सिसा, जनस्वास्थ्यमा गम्भीर असर

काठमाडौं– नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन (गाजल), व्यक्तिगत सरसफाइका

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन

प्रचण्डको दाबी- स्वच्छ चुनाव भए प्रत्यक्षतर्फ नेकपा पहिलो हुन्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’ को माग

काठमाडौं– बजारमा बिक्री वितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच

‘निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व’

गण्डकी– निर्वाचन आचारसंहिताको पालना एवम् प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व