एकीकृत समाजवादीमा माओवादीसँग एकताको जिम्मा सचिवालयलाई « Khabarhub

एकीकृत समाजवादीमा माओवादीसँग एकताको जिम्मा सचिवालयलाई


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा मा‌ओवादी केन्द्रसँग एकताको निर्णय सचिवालयलाई जिम्मा दिएको छ।

तीन दिनदेखि जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा सम्मानित नेता झलनाथ खनालसहितले चर्को विरोध र असहमतिबीच निर्णय भएको हो ।

‘माओवादीसँग एकतासहितका सम्पूर्ण निर्णय सचिवालयको बैठकले गर्ने कुरा भएको छ’, बैठकमा सहभागी एकजना केन्द्रीय सदस्यले भने, ‘सम्मानित नेता झलनाथ खनालले अन्तिमसम्म एकताको विपक्षमा अडान राख्नु भयो । त्यहीकारण सचिवालयलाई जिम्मा दिएको छ ।’

अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा एकता गर्ने प्रस्ताव राखेका थिए। बैठकले नेपालले प्रस्तुत गरेको प्रस्ताव अनुमोदन गरेको हो । बाँकी विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको एक नेताले जानकारी दिए।

के भने माधवले ?

बैठकको अन्तिममा सम्बोधनका क्रममा अध्यक्ष नेपालले माओवादीसँग एकताको कुरा उहिलेदेखि नै चलेको बताए ।

‘माओवादीसँग एकता अभियान उहिलेदेखि नै चलेको हो’, उनले भने, ‘सुटुक्क र व्यक्तिगत रूपमा एकता गरेको पनि होइन । सचिवालय र स्थायी कमिटीको निर्णय अनुसार वार्ता टोली बनाएर बकाइदा एकता प्रक्रिया अगाडि बढाएको हो ।’

उनले आफूहरू माओवादी केन्द्रसँग मात्रै एकताको पक्षमा नरहेको बताए । ‘माओवादीसँग मात्रै होइन, महिन्द्र राय यादव, आजै विभाजन भएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकता हुन्छ’, उनले भने, ‘जेन-जी समहूको वार्तामा बसेका मान्छेहरू पनि आउन खोजेका छन् पार्टीमा ।’

उनले एकता प्रक्रिया अघि बढाउने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ३६/४० वर्ष भइसकेकाले नेतृ्त्व छोड्न सुझाएको पनि बताए ।

‘प्रचण्डलाई छोड्नुस् भनेको छु । मलाई पनि संसार घुम्न मन छ । नेतृ्त्वमा बस्दिनँ’, उनले भने, ‘विपल्वलाई हाम्रो अझै पनि ढोका खुला छ । मैले त महासचिव हुनुस् भनेको थिएँ, उहाँले मान्नुभएन ।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : ४४ बजे

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने