वासिम र रामकुमारीको टिकटक: ‘जानेलाई नजाऊ भन्न नसकिने रछ’ « Khabarhub

वासिम र रामकुमारीको टिकटक: ‘जानेलाई नजाऊ भन्न नसकिने रछ’


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य वसिम आलमले टिकटक भिडियो सार्वजनिक गरेर पार्टी एकताको पक्षमा उभिन रामकुमारी झाँक्रीलाई आग्रह गरेका छन्।

आलमले अरु दुई युवा नेता र झाँक्री सहितको भिडियो राख्दै ‘बस्नेलाई पिर परेर हुनुसम्म भएको छ जानेलाई नजाऊ भन्न नसकिने रहेछ’ भन्ने बोलको गीतमा टिकटक बनाएका छन्।

सो गीतमा रमाइलो मुद्रामा झाँक्रीले अभिनय गरेकी छिन् भने आलमले पनि अभिनय गरेका छन्। प्रकाश सपूतको ‘पिर’ गीत अन्तर्गतको अंशमा यी दुई नेताहरूले अभिनय गरेका हुन्।

वैचारिक रूपमा हेर्दा रामकुमारी झाँक्री पार्टी माओवादीसँग मिल्नुपर्ने पक्षमा छैनन्। आलम भने माधव नेपाल पक्षका नेता भएकाले उनी माओवादीसँग एकताको पक्षमा रहेको देखिन्छ।

आलम विराटनगरका युवा व्यवसायीसमेत हुन्। उनी लालबाबु पण्डित मन्त्री हुँदा सचिवालयमा बसेर समेत काम गरेका थिए। यस्तै राजेन्द्र राई मुख्यमन्त्री हुँदा उनको जनसम्पर्क सल्लाहकार समेत भएका व्यक्ति हुन्।

एकीकृत समाजवादीका नेताहरूका अनुसार आज नै पार्टी केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकताको निर्णय गर्ने बताइन्छ। अहिले निर्णायक मन्तव्य समाजवादीका अध्यक्ष नेपालले गरिरहेका छन्।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : ४२ बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी