वासिम र रामकुमारीको टिकटक: ‘जानेलाई नजाऊ भन्न नसकिने रछ’ | Khabarhub Khabarhub

वासिम र रामकुमारीको टिकटक: ‘जानेलाई नजाऊ भन्न नसकिने रछ’


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य वसिम आलमले टिकटक भिडियो सार्वजनिक गरेर पार्टी एकताको पक्षमा उभिन रामकुमारी झाँक्रीलाई आग्रह गरेका छन्।

आलमले अरु दुई युवा नेता र झाँक्री सहितको भिडियो राख्दै ‘बस्नेलाई पिर परेर हुनुसम्म भएको छ जानेलाई नजाऊ भन्न नसकिने रहेछ’ भन्ने बोलको गीतमा टिकटक बनाएका छन्।

सो गीतमा रमाइलो मुद्रामा झाँक्रीले अभिनय गरेकी छिन् भने आलमले पनि अभिनय गरेका छन्। प्रकाश सपूतको ‘पिर’ गीत अन्तर्गतको अंशमा यी दुई नेताहरूले अभिनय गरेका हुन्।

वैचारिक रूपमा हेर्दा रामकुमारी झाँक्री पार्टी माओवादीसँग मिल्नुपर्ने पक्षमा छैनन्। आलम भने माधव नेपाल पक्षका नेता भएकाले उनी माओवादीसँग एकताको पक्षमा रहेको देखिन्छ।

आलम विराटनगरका युवा व्यवसायीसमेत हुन्। उनी लालबाबु पण्डित मन्त्री हुँदा सचिवालयमा बसेर समेत काम गरेका थिए। यस्तै राजेन्द्र राई मुख्यमन्त्री हुँदा उनको जनसम्पर्क सल्लाहकार समेत भएका व्यक्ति हुन्।

एकीकृत समाजवादीका नेताहरूका अनुसार आज नै पार्टी केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकताको निर्णय गर्ने बताइन्छ। अहिले निर्णायक मन्तव्य समाजवादीका अध्यक्ष नेपालले गरिरहेका छन्।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : ४२ बजे

हरिबोधिनी एकादशी : पशुपतिस्थित बागमती नदीमा टाँगियो फूलसहितको तोरण (तस्बिरहरू) 

काठमाडौं– आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका

ऊर्जामन्त्री घिसिङको अडान : लाइन काटिएका उद्योगले बक्यौता तिर्नै पर्छ, निर्णयबाट पछि हट्दिनँ 

काठमाडौं– बक्यौता तिरेको महसुल नबुझाएको कारण डेडिकेटेड र ट्रङ्क लाइन

आईसीसी विश्वकप लिग- २ : अमेरिकाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा नेपाल

५२ गर्भवतीलाई पोषण भत्ता प्रदान

तनहुँ– तनहुँकाे व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार

भोजपुरका किसान व्यवसायिक चिया खेतीमा आकर्षित

भोजपुर– भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यवसायिक खेतीतर्फ