देउवा, ओली र प्रचण्डसँग भेट्न मलाई मन पनि छैन, जेनजीको अंकुश पनि छः प्रधानमन्त्री कार्की « Khabarhub

देउवा, ओली र प्रचण्डसँग भेट्न मलाई मन पनि छैन, जेनजीको अंकुश पनि छः प्रधानमन्त्री कार्की


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका तीन नेतृत्वलाई भेटेर कुरा गर्न आफूलाई मनै नभएको बताएकी छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विभिन्न मिडियाका सम्पादकहरुसँगको छलफलमा उनले आफूलाई तीन शीर्ष नेताहरु शेरबहादुर, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर कुरा गर्ने मनै नभएको बताएकी हुन्। उनले आफूलाई मन नभएको र जेनजीले पनि अंकुश लगाएको बताइन्।

उनले तीन नेता फागुन २१ को निर्वाचनअघि नै नेतृत्व छोडेर बिदा हुँदा देशमा राजनीतिक सञ्चार हुने पनि बताइन्।

‘तीन नेतासँग भेटेर कुरा गर्न मन मलाई नै छैन। त्यसैमाथि जेनजीले अंकुश पनि लगाएका छन्,’ उनले भनिन्, ‘उहाँहरु आफैँ बहिर्गमन भएर राजनीतिको सञ्चार चलायमान बनाउन योगदान दिए हुने हो।’

उनले दलका नेताले बहिर्गमन भएर चुनावी वातावरण तयार पारिदिन पनि आग्रह गरिन्।
आफूले तीन नेतालाई भेट्न नचाहेको तर उनीहरुले आफूलाई भेट्न चाहे बालुवाटारले सँधै स्वागत गर्ने पनि सुनाइन्।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : ३९ बजे

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक