प्रधानमन्त्रीलाई बालेनले दिदी भन्छन्, बिहानै मात्र पनि गरेका थिए फोन « Khabarhub

प्रधानमन्त्रीलाई बालेनले दिदी भन्छन्, बिहानै मात्र पनि गरेका थिए फोन


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार गठन भएको छ।

यो अन्तरिम सरकार गठन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ जोडबलमा भएको भन्नेहरु पनि उत्तिकै छन्।

तर अहिले बालेनले जेनजी आन्दोलन ताका सरकारको प्रमुख रहेका प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेको प्रति गुनासो गरेको स्वयम् प्रधानमन्त्री कार्कीले नै बताइन्।

शुक्रबार सम्पादकहरुसँगको कुराकानीको क्रममा बालेनसँग भेट पनि भइरहने र कुराकानी पनि भइरहने बताइन्।

‘हामीबीच ५–६ पल्ट भेट भइसकेको छ। म प्रधानमन्त्री भएपछि पनि २ पल्ट भेट भइसक्यो,’ आज बिहान पनि फोनमा कुरा भएको थियो । बालेनलाई म छोरो भनी बोलाउँछु। उसले चाहिँ मलाई दिदी भन्छ।’

उनले बालेनले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा नमागेको पनि बताइन्। कार्कीले बालेनले आफ्ना कुरा भन्ने तर, अरुको कुरा नसुन्ने भन्दै गुनासो पनि गरिन्। उनले बालेनले पार्टी खोल्ने सम्भावना आफूले नदेखेको पनि बताइन्।

‘उसले हाम्रा कुरा सुन्दैन, आफ्ना कुरा मात्र भन्छ, उसको बानी फरक छ, भदौ २३ गतेको दमनकारीलाई किन पक्राउ नगरेको भन्छ,’ उनले भनिन्, ‘मलाई जहाँसम्म लाग्छ उ पार्टी खोल्ने खालको मान्छे होइन।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १० : ०३ बजे

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु