प्रधानमन्त्रीलाई बालेनले दिदी भन्छन्, बिहानै मात्र पनि गरेका थिए फोन « Khabarhub

प्रधानमन्त्रीलाई बालेनले दिदी भन्छन्, बिहानै मात्र पनि गरेका थिए फोन


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार गठन भएको छ।

यो अन्तरिम सरकार गठन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ जोडबलमा भएको भन्नेहरु पनि उत्तिकै छन्।

तर अहिले बालेनले जेनजी आन्दोलन ताका सरकारको प्रमुख रहेका प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेको प्रति गुनासो गरेको स्वयम् प्रधानमन्त्री कार्कीले नै बताइन्।

शुक्रबार सम्पादकहरुसँगको कुराकानीको क्रममा बालेनसँग भेट पनि भइरहने र कुराकानी पनि भइरहने बताइन्।

‘हामीबीच ५–६ पल्ट भेट भइसकेको छ। म प्रधानमन्त्री भएपछि पनि २ पल्ट भेट भइसक्यो,’ आज बिहान पनि फोनमा कुरा भएको थियो । बालेनलाई म छोरो भनी बोलाउँछु। उसले चाहिँ मलाई दिदी भन्छ।’

उनले बालेनले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा नमागेको पनि बताइन्। कार्कीले बालेनले आफ्ना कुरा भन्ने तर, अरुको कुरा नसुन्ने भन्दै गुनासो पनि गरिन्। उनले बालेनले पार्टी खोल्ने सम्भावना आफूले नदेखेको पनि बताइन्।

‘उसले हाम्रा कुरा सुन्दैन, आफ्ना कुरा मात्र भन्छ, उसको बानी फरक छ, भदौ २३ गतेको दमनकारीलाई किन पक्राउ नगरेको भन्छ,’ उनले भनिन्, ‘मलाई जहाँसम्म लाग्छ उ पार्टी खोल्ने खालको मान्छे होइन।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १० : ०३ बजे

मिडियामा महिला पत्रकारको प्रतिनिधित्व र सुरक्षा सुदृढ गर्न आग्रह

काठमाडौँ – विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

दलाई लामालाई भेटेर वरुण चौधरीले लिए आशीर्वाद

काठमाडौं– नेपाली उद्योगी तथा समाजसेवी वरुण चौधरीले तिब्बतबाट भारतको धर्मशालामा

विद्युतीय तार भूमिगत आयोजना : तीनपटक म्याद थप्दा ६७ प्रतिशत काम

गण्डकी – तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार

पोखरीमा डुबेर एक जनाको मृत्यु

राजविराज(सप्तरी)- राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु