कारागारबाट भागेर प्रहरी कार्यालयमा लुटपाट गर्ने पक्राउ « Khabarhub

कारागारबाट भागेर प्रहरी कार्यालयमा लुटपाट गर्ने पक्राउ


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारबाट भागी वडा प्रहरी कार्यालय बैदाममा लुटपाट कार्यमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीको पोखरा महानगरपालिका–७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारीलाई वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको मोटरसाइकल र डिजिटल क्यामेरासहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका जलारी कारागारबाट भागेर प्रहरी कार्यालयमा लुटपाट तथा चोरीमा संलग्न रहनुका साथै अहिले लटपातमा संलग्न रहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

पक्राउ परेका निजलाई अपराधिक उपद्रव मुद्दामा कास्की जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १० : ४३ बजे

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण