‘अत्यावश्यकबाहेक मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नू’ « Khabarhub

‘अत्यावश्यकबाहेक मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नू’


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मुग्लिन (चितवन)– अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा यात्रा नगर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ एक सूचना जारी गर्दै वर्षासँगै बिहीबारदेखि स–साना पहिरोहरू निरन्तर खसिरहेकाले अत्यावश्यकबाहेक सकरभर यात्रा नगर्न सबैलाई अनुरोध गरेको हो।

हाल नारायणगढ–मुग्लिन सडकको तुइनभिर र पृथ्वीराजमार्गको मुग्लिन–मलेखु सडकका विभिन्न स्थानमा खसेको पहिरो हटाइ सवारी आवागमन सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।

तथापि उक्त खण्ड पहिरोको उच्च जोखिममा पर्ने र पहिरो पनि खसिरहेकाले सकभर यात्रा नगर्न र गर्नैपरे सावधानी अपनाउन उनको आग्रह छ।

वर्षा निरन्तर भई पहिरोको जोखिम कायमै हुने अवस्था भएमा नारायणगढ–मुग्लिन र मुग्लिन–मलेखु खण्डमा कुनै पनि बेला सवारी आवागमन बन्द गर्न सकिने उनले बताए।

उक्त सडकमा यात्रा गर्नुपूर्व जानकारी लिएर मात्र गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

यात्रा गर्नपूर्व जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको ९८५५०१७०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ११ : ०४ बजे

डाटा सेन्टरको समस्या समाधान, शेयर कारोबार सञ्चालन हुने

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा

झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

झापा– झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा