पहिलो पुस्ताका नेता बिदा नभएसम्म पार्टी एकताको अर्थ छैन : घनश्याम भुसाल « Khabarhub

अन्तरवार्ता

पहिलो पुस्ताका नेता बिदा नभएसम्म पार्टी एकताको अर्थ छैन : घनश्याम भुसाल



काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा अन्तिम अधिकार सचिवालय बैठकलाई दिएको छ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित १४ जना नेताहरूले यही अवस्थामा एकता सम्भव नरहेको बताइरहेका छन् । यता महासचिव भुसाल सचिवालय बैठकसम्म पर्खने मनसायमा छन् । वामपन्थी एकताको पक्षमा आफू रहेको तर एकतापछिको नेतृत्वमा अहिलेका पुराना नेता नहुनुपर्ने तर्क उनको छ । यसै सन्दर्भमा खबरहबले भुसालसँग छोटो कुराकानी गरेको छ ।

पार्टी माओवादीसँग मिल्ने करिब पक्कापक्की भएको छ, के गर्नुहुन्छ यहाँ ?
सचिवालयले निर्णय गर्ने भनेको छ । त्यो बेलासम्म म कुर्छु ।

यदि माधव नेपाल पक्ष माओवादीसँग मिले यहाँहरू के गर्नुहुन्छ ?
उहाँहरूले अहिलेसम्म पनि छोड्छौँ, जाँदैनौँ पनि भन्नुहुन्छ । के हो कुरा क्लियर भएको छैन । औपचारिक रूपले सचिवालय बैठकबाट निर्णय गर्ने भनिएको छ । सचिवालयमा हामीले कुरा उठाउँछौँ । अध्यक्ष ज्यूले पनि पार्टी हितमा निर्णय गर्नुहुन्छ भन्ने लागेको छ ।

सचिवालयले पार्टी माओवादीसँग मिल्ने निर्णय पास गरे यहाँ पनि जानुहुने हो ?
हैन । मैले आजकै अवस्थामा जानुहुन्न भनेर मत राखेको छु । यहि विचार र यहि कुरा बोकेर मिल्न गएर त अर्थ भएन नि ।

मिल्नुपर्छ मिलौँ भन्नुभएन अध्यक्षले ?
भन्नुभएको छैन । पार्टी बैठक बाहेक हाम्रो कुरा भएकाे छैन । म जिम्मेवार नेता भएकाले अरूले जस्तो बोल्दै पनि हिँड्ने कुरा भएन । म मेरो जिम्मेवारी पूरा गर्नका लागि सचिवालयसम्म कुर्ने योजनामा छु। राजनीतिक यात्रा त निरन्तर छ । अध्यक्षले भोलि पर्सि कुरा गर्नुभयो भने अलग कुरा हो । आजसम्म चाहिँ एक्लै मिल्नुपर्छ हामी भन्नुभएको छैन ।

भोलि छुट्टै भेला गर्ने तयारी गर्नुभएकाे रहेछ । त्याे केका लागि हाे ?
भेला भन्दा पनि भेटघाट हो । पार्टीमा सबै मिलेर जाने कुरा हो । यसो भेटघाट गरेर कुरा गर्ने भनिएको हो । त्यस्तो छुट्टै भेला गर्ने, गठन गर्ने भन्ने होइन ।

यहाँको कुरा चाँही के हो खास ?
मैले त वृहत् वाम एकता भनेकौ छु । त्यसको आधार तयार गर्नुपर्छ नि । आधार बिना नै एकता हतार भयो मात्र भनेको हो । हामी एकताको विरोधी त होइनाैं । तर हतारमा ०७४ को जस्तै एकता गरेर फ्रटमा जाने कुरा ठिक हुँदैन । हामी एकताको विपक्षमा छैन । तर नेचुरल र अर्गानिक एकता हुनुपर्छ ।

यसको लागि पार्टीमा के गर्नुपर्छ ?
पुनर्गठन गर्न पार्टीहरू तयार हुनुपर्छ । त्यसका लागि अहिलेको फस्ट लिडरले छाड्नुपर्छ । पहिलो पुस्ता बिदा हुनुपर्ने माग हाम्रो हो । त्यो विषयमा फाइनल के हुन्छ म हेर्छु । याे कुरामा नेतृत्व सहमत भएको खण्डमा विचार सिद्धान्त मिलाएर एकता गर्न सकिन्छ । तर यहि अवस्थामा त एकता गरेर अर्थ हुँदैन ।

पहिलो पुस्ता बिदा भएर दोस्रो पुस्ता आउने कि नव युवा ?
त्यो त्यसपछि छलफल गर्ने विषय भयो । तर पहिलो पुस्ता बिदा हुने घोषणा गर्नुपर्थ्यो । त्यसपछि के हुन्छ भन्ने कुरा पार्टीले निर्णय गर्छ ।

सो भएन माधव नेपाल, विप्लव, प्रचण्ड, झलनाथ खनाल लगायत बिदा हुनुपर्थ्यो र अभिभावक बन्नुपर्ने हो ?
व्यक्तिगत नाममा म जान्न । यो विषयमा गहिरो कुरा गर्नुपर्छ । यही अवस्थामा त पार्टी एकता गरेर के काम । जनताले पनि केही परिवर्तन र पुनर्गठनको अनुभव गर्नुपर्छ नि ।

यहाँको कुरा सुन्दा त झलनाथलाई साथ दिने कि माधवलाई भन्ने कुरामा कन्फुजन देखियो ?
त्यस्तो हैन । म विचार र सिद्धान्तको कुरा गर्छु । नेताको होइन । फेरि भन्छु सचिजवालयसम्म कुर्छु । किनकी माओावदीसँग जाने भनेर निर्णय भइसकेको छैन । उताबाट पनि साथिहरु बोल्नुहोला ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ११ : ४४ बजे

शीतलहरबाट आठ हजार परिवार प्रभावित हुने

दोधारा चाँदनी- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५

औरहीका किसानलाई अनुदानमा गहुँको बीउ

सिरहा– औरही गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ

हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना भत्काइँदै

हेटौंडा–  हेटौंडा उपमहानगरपालिकाअन्तर्गत सडक क्षेत्रको दाँया-बायाँमा अतिक्रमण गरेर बनाइएका बजार क्षेत्र

नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति

राष्ट्रपतिद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण