सन् २०२५ : ब्लकबस्टर ‘परान’, दयाहाङको अभिनय रहेका ११ फिल्मको व्यापार विजोग « Khabarhub

सन् २०२५ : ब्लकबस्टर ‘परान’, दयाहाङको अभिनय रहेका ११ फिल्मको व्यापार विजोग

नेपालमा विदेशी फिल्मको व्यापार कस्तो ?


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डका अनुसार सन् २०२५ जनवरी १ देखि डिसेम्बर १९ सम्म नेपाली हलहरूमा स्वदेशी र विदेशी गरी १५४ वटा फिल्म प्रदर्शनमा आएका छन् ।

यो वर्ष नेपाली बक्स अफिसमा सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘परान’ बनेकाे छ । प्रदर्शनरत यस ब्लकबस्टर फिल्मको व्यापार १७ करोड ६८ लाख छ । ‘परान’ले ग्रस कलेक्सनको मामलामा विदेशी फिल्मलाई पनि पछि पारेको छ ।

नेपाली बक्स अफिसमा दोस्रो र सर्वाधिक व्यापार गर्ने दोस्रो फिल्म भने ‘कान्तारा’ हो । दक्षिण भारतीय यस फिल्मले १२ करोड ३६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

धेरै व्यापार गर्ने नेपाली फिल्म

यो वर्ष प्रदर्शनमा आएका चार नेपाली फिल्महरू ‘एञ्जिला’, ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’ र ‘परान’ले राम्रो व्यापार गरेका छन् ।

‘जेरी अन टप’ले १२ करोड २९ लाख, ‘ऊनको स्वीटर’ले ११ करोड ४३ लाख र ‘एञ्जिला’ले ८ करोड ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेका छन् ।

यो वर्ष १० करोड ग्रस कलेक्सन गर्ने फिल्म दिने चल्तीका नायकहरू विपीन कार्की र अनमोल केसी हुन् ।

विपीन ‘ऊनको स्वीटर’ र अनमोल ‘जेरी अन टप’का नायक हुन् । अनमोलको करिअरको हिट फिल्म यही हो । ‘महँगा नायक भए पनि हिट फिल्म दिन नसक्ने’ भन्ने आलोचना खेप्दै आएका उनले यो वर्ष राहत पाएका छन् ।

यी स्टारलाई सुखद बनेन सन् २०२५

स्टार नायक प्रदीपको यो वर्ष दुई फिल्म ‘एक्टर : टेक वान’ र ‘पिताम्बर’ प्रदर्शनमा आए । व्यापारिक रुपमा सन् २०२५ प्रदीपका लागि सुखद भएन । १ करोड ग्रस कलेक्सन गरेको ‘एक्टर : टेक वान’ सुपर फ्लप भयो ।

प्रदीपले ‘पिताम्बर’मा ‘एक्सन जनरा’मा प्रयोग गरेका थिए । उनलाई यस जनरामा दर्शकले अस्वीकार गरे । फिल्मले मात्रै ४ करोड ६६ लाख व्यापार गर्‍यो । प्रदीपका दुवै फिल्मले लगानी उठाउन सकेनन् । अर्का उदीयमान कलाकार र भावी स्टारका रुपमा हेरिएका समीर भट्टका लागि पनि यो वर्ष स्मरणयोग्य रहेन ।

उनको दोस्रो फिल्म ‘बलिदान’ फ्लप भयो । ५ करोडभन्दा बढी लगानी दाबी गरिएको यो फिल्मको ग्रस कलेक्सन ५ करोड ११ लाख छ ।

डेब्यू फिल्म ‘१२ गाउँ’ हिट भएपछि अनमोल र प्रदीप जस्ता स्टारको स्थानमा पुग्न सक्ने नायकका रुपमा हेरिएका समीरको करिअरमा धक्का लागेको छ ।

सन् २०२५ मा सबैभन्दा बढी १२ फिल्म दिने नायक दयाहाङ राई हुन् । उनी सात फिल्महरू ‘जारी २’, ‘रिमै’, ‘वरिष्ठ बलराम’, ‘महाभोज’, ‘एञ्जिला’, ‘दुखी आत्मा’ र ‘कर्साङ’मा केन्द्रीय भूमिकामा छन् ।

‘राजागञ्ज’–‘पिताम्बर’ मा उनी मुख्य भूमिकामा छन् भने चार फिल्महरू ‘मैझारो’ र ‘भुठान’मा अतिथिकाे भूमिकामा छन् ।
उनको ११ वाट फिल्मले लगानी सुरक्षित गर्न सकेनन् । ‘एञ्जिला’ले भने लगानी सुरक्षित गरेको पाइन्छ । हिट फिल्म सिक्वेल ‘जारी २’ पनि चलेन, जुन हिट हुन सक्ने धेरैको विश्लेषण थियो ।

यो वर्ष दोस्रो धेरै फिल्म दिने नायक सौगात मल्ल हुन् । उनले ५ फिल्म दिए । उनका कुनै पनि फिल्म हिटको सूचीमा पर्न सकेनन् ।

‘सिटामोल’, ‘जन्ते बाख्रो’ र ‘जार’मा उनी शीर्ष भूमिकामा थिए । ‘पिताम्बर’ र ‘बलिदान’मा उनी मुख्य भूमिकामा थिए ।
महानायक राजेश हमालका लागि पनि यो वर्ष सुखद रहेन । ‘नरसिंहा : अभतार’बाट कमब्याक गरेका हमालले पनि हिट फिल्म दिन सकेनन् । यस फिल्मको ग्रस कलेक्सन १ करोड ८३ लाख छ ।

गायक प्रकाश सपुतले यो वर्ष फिल्म निर्देशनमा डेब्यू गरे, तर सफल भएनन् । उनको लेखन र निर्देशनमा डेब्यू रहेको फिल्म ‘वसन्त’ फ्लप भयो ।

उनको अभिनय रहेको अन्य तीन फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘सोल्टिनी’ र ‘माइतीघर’ पनि फ्लप भए ।

हिट फिल्म दिने नायिकाहरु

नायिका मिरुना मगर र जशिता गुरुङ यो वर्ष हिट फिल्म दिने नायिकाहरु हुन् । मिरुनाको अभिनय रहेको फिल्म ‘ऊनको स्वीटर’ हो । ‘जारी २’ र ‘महाभोज’बाट भने उनले फ्लप अनुभव गर्नुपर्‍यो ।

त्यस्तै, जशिताले हिट फिल्म ‘जेरी अन टप’ दिएकी हुन् । यो वर्ष उनले अभिनय गरेको एक मात्रै फिल्म यही हो ।

हजारमा व्यापार गर्ने नेपाली फिल्म

सन् २०२५ मा प्रदर्शनमा आएका तीन नेपाली फिल्म डिजास्टर फ्लप भएका छन् । सबैभन्दा कम व्यापार गर्ने नेपाली फिल्म ‘एक्टर’ हो । जसको ग्रस कलेक्सन मात्रै ३० हजार ४३५ रुपैयाँ छ ।

‘हेलो काँशीराम’ले ३५ हजार ८०० र ‘चिठ्ठी’ ले ९४ हजार ४०० ग्रस कलेक्सन गरेको छ ।

धेरै व्यापार गर्ने विदेशी फिल्म

यो वर्ष नेपाली हलमा लागेका तीन भारतीय फिल्महरूले नेपाली दर्शकबाट राम्रो साथ पाएका छन् । नेपाली बक्स अफिसमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने विदेशी फिल्म कान्तारा हो ।

दोस्रो पनि भारतीय फिल्म नै रहेको छ । ‘सैयारा’ले १० करोड २० लाख ग्रस कलेक्सन गरेको छ ।

यी दुई फिल्मको व्यापार उच्च हो । नेपाली सुपरहिट फिल्मको ग्रस कलेक्सन बराबर तिनको व्यापार छ ।

सबैभन्दा कम व्यापार गर्ने पनि भारतीय फिल्म नै छ । फिल्म ‘नारी शक्ति’को जम्मा ४५ वटा टिकट बिक्री भएको छ । यसको ग्रस कलेक्सन ४ हजार १५० छ ।

त्यस्तै, प्रदर्शनरत भारतीय फिल्म ‘धुरन्धर’ले ९ करोड १३ लाख ग्रस कलेक्सन गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ९ : ५१ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

शीतलहरले दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध (तस्बिरहरू)

चितवन– शीतलहरका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध

बादललाई गोकुलको सुझाव : रुख–सूर्य मिलेपछि समानुपातिक छाडेर चुनाव लडे भो त

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर

आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपसी मतभिन्नता र

सन् २०२५ : ब्लकबस्टर ‘परान’, दयाहाङको अभिनय रहेका ११ फिल्मको व्यापार विजोग

काठमाडौं – चलचित्र विकास बोर्डका अनुसार सन् २०२५ जनवरी १