बादललाई गोकुलको सुझाव : रुख–सूर्य मिलेपछि समानुपातिक छाडेर चुनाव लडे भो त « Khabarhub

बादललाई गोकुलको सुझाव : रुख–सूर्य मिलेपछि समानुपातिक छाडेर चुनाव लडे भो त


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलप्रति कटाक्ष गरेका छन् ।

थापाले हिजो (मङ्गलबार) काठमाडौंमा भएको एक कार्यक्रममा मुलुकलाई संकटबाट जोगाउन कांग्रेस–एमाले एक भएर निर्वाचनमा जानुपर्ने धारणा राखेको प्रति सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै बास्कोटाले समानुपातिक सूचीबाट नाम फिर्ता लिएर चुनाव लड्न चुनौती दिएका हुन् ।

उनले आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक समानुपातिक कोटामा बसेको भन्दै थापाको आलोचना गरेका हुन् । 

उनले लेखेका छन्– ‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसे पछि यो प्रणालीको विरोध हुनु ठिक हो ।अझ तिनै रुख र सुर्य मिलेर चुनावमा जानु पर्छ भन्छन् । रुख–सूर्य मिलेपछि चुनाव लडे भो त । अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले । समावेशिताकै बेइज्जत नगर के– त्यो पनि पुरुषले ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १० : ४८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली