चिसोमा चटाइ र घूरको भर « Khabarhub

चिसोमा चटाइ र घूरको भर


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर  तापेर चिसो धपाउने प्रयास जारी छ ।  
 
 पुस ३ गतेदेखि शीतलहर सुरु  भएको महोत्तरीलगायत मधेसका अधिकांश ठाउँमा बढेको शीतलहरले जाडो बढ्दै गएपछि बस्तीमा जताततै ‘घूर’मा चारैतिर बसेर तातिएको महसुस लिनु गरिबहरूको नियति नै बनेको छ । 

‘के गरौँ हजुर, अहिलेसम्म कसैले के खायौ ? के लायौ ? सोध्न आएनन्, कमसेकम दाउरासम्म पाए पनि रापिलो आगो त ताप्न पाइन्थ्यो’, लोहारपट्टी–४ लेउरीटोल मुसहरी बस्तीकी ५० वर्षीया श्रीवती सदा भन्छिन्, ‘यही घूर तापेर जाडो काट्नु छ ।’

जिल्लामा खासगरी मुसहर, बाँतर, डोम, मेस्तर, हलखोर, दुसाध र चमारसहितका जाति समुदाय गरिबी, अशिक्षा र कुपोषणको सिकार बनेका छन् । प्रत्येक वर्ष जाडो लागेपछि यी बस्तीको बिचल्ली सुरु हुन्छ । 

न अन्न राख्ने कोठी न ओढ्ने, ओछ्याउने र जिउ ढाक्ने न्यानो लुगा । गुजुमुज्ज पराले छानाका यी बस्तीमा जाडो छल्ने यही पचपची धुवाँ निस्कने ‘घूर’ र ओढ्न/ओछ्याउन चटाइ (परालको लुइँठो बटारेर बनाइएको मोटो गुन्द्री, स्थानीय भाषामा यसलाई गोनर पनि भनिन्छ) को भर । 

‘भुईँमा पराल ओछ्यायो, माथि चटाइ ओढ्यो’, एकडारा–३ भटौलियाको मुसहर बस्तीका छठु सदा भन्छन्, ‘राति जाडोले निद्रा नलाग्दा फेरि उही ‘घूर’ को सहारा ।’

रात काटन ‘घूर’ र ‘चटाइ’को सहारा लिएका यी गरिब उज्यालो हुँदा पारिलो घामको आस गर्छन् । तर पछिल्ला करिब दुई सातायता राम्ररी घाम नदेखिँदा गरिब बस्तीको बिजोग झनै बढेको छ । 

‘हजुर, हाम्रो ठण्डी (चिसो, जाडो) छल्ने यै (यही) सहारा हो’, लोहारपट्टी–४ खुट्टा उत्तरबारीटोलका मनु सदा भन्छन्, ‘भगवान्को यस्तै खटन छ ।’ यो लामो शीतलहरले सुत्न, बस्नमात्र नभएर गरिब बस्तीमा खानपिनको अभाव पनि बढ्दै गएको भङ्गाहा–५ कर्पुरगञ्जको बाँतरटोलका ६० वर्षीय रामजुलुम बाँतर बताउछन् । 

‘बनबिुतो गरेर जीवन धान्नु पर्नेलाई यो शीतलहरले काममा निस्कन दिएको छैन, घरमा भएको अन्नपात सकिदै गएपछि अब भोकभोकै पर्ने दिन आउँदैछन्’, उनि भन्छन् ।

महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा मुसहर जातिको बसोबास छ । सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचाङ्कका दृष्टिले पिछडिएका मुसहरजस्तै बाँतर पनि हुन् । दुवै जातिको रीतिथिति र बसउठ समान नै देखिन्छ । तर जिल्लामा बाँतर भने भङ्गाहा नगरपालिका क्षेत्रमा मात्र छन् । रासस
 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ११ : ४२ बजे

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्