बियोन्से आधिकारिक रूपमा अर्बपति भइन् « Khabarhub

बियोन्से आधिकारिक रूपमा अर्बपति भइन्


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व संगीतको क्षेत्रमा आइकन बनिसकेकी बियोन्से गिजेल नोल्स अब आधिकारिक रूपमा अर्बपतिको सूचिमा सूचीकृत भएकी छन् । 

अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले उनको कुल सम्पत्ति २.५ अर्ब अमेरिकी डलर रहेको घोषणा गरेको छ । यस सूचीमा बियोन्से पाँचौँ संगीतकर्मी हुन्, जसले संगीत र व्यावसायिक सफलता दुवैमा नयाँ कीर्तिमान राखेकी छन् । उनका पति, हिपहप सुपरस्टार जे-जेड पनि सन् २०१९ मा अरबपतिको सूचीमा पर्न सफल भइसकेका छन् ।

अमेरिकी आर्थिक पत्रिका फोर्ब्सको सूचीअनुसार बियोन्सेसँगै रिहाना, ब्रुस स्प्रिंगस्टीन र टेलर स्विफ्ट जस्ता चर्चित संगीतकर्मीहरू पनि अर्बपतिमा सामेल छन् । 

यसै महिना फोर्ब्सले बियोन्सेको सम्पत्ति ८०० मिलियन डलर मात्र अनुमान गरेको थियो, तर उनको रेनासा नामक विश्व सांगीतिक भ्रमण (२०२३) ले करिब ६०० मिलियन डलरको आम्दानी गरेपछि उनले अरबपतिको सीमालाई पार गरिन् ।

साथै उनका काउब्वाय कार्टर भ्रमणले ४०० मिलियन डलरभन्दा बढी टिकट बिक्री र ५० मिलियन डलरभन्दा बढी मर्चेन्डाइज बिक्री गराएको अनुमान गरिएको छ । 

यसैबीच, ब्लूमबर्गले गायिका सेलेना गोमेजलाई पनि अर्बपतिमा सूचीबद्ध गरेको बताएको छ, तर फोर्ब्सले यसको आधिकारिक पुष्टि भने गरेको छैन ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १२ : ५३ बजे

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट