गाजाको मानवीय अवस्थाप्रति विश्वव्यापी चिन्ता « Khabarhub

गाजाको मानवीय अवस्थाप्रति विश्वव्यापी चिन्ता


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन, स्विट्जरल्याण्ड र बेलायतका विदेश मन्त्रीहरूले गाजामा बिग्रँदै गएको मानवीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त वक्तव्य जारी गरेका छन् ।

बेलायती विदेश कार्यालयद्वारा जारी वक्तव्यअनुसार, गाजाको मानवीय अवस्था अझै पनि विनाशकारी रहेको र हाल पुनः गम्भीर रूपमा खस्किँदै गएकोमा ती देशहरूले गहिरो चिन्ता व्यक्त गरेका हुन् । 

जाडो मौसम सुरु भएसँगै गाजाका सर्वसाधारण नागरिकहरू भारी वर्षा, घट्दो तापक्रम, खाद्य अभाव र स्वास्थ्य सेवाको गम्भीर कमीका कारण अत्यन्तै कठिन परिस्थितिमा बाँच्न बाध्य छन् ।

संयुक्त वक्तव्यमा इजरायली सरकारलाई गाजामा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई निरन्तर र पूर्वानुमेय रूपमा काम गर्न दिन, साथै संयुक्त राष्ट्रसङ्घ र उसका साझेदार संस्थाहरूले मानवीय सहायता पुर्‍याउन सक्ने वातावरण सुनिश्चित गर्न आग्रह गरिएको छ । साथै, मानवीय सहायता सहज रूपमा भित्र्याउन दोहोरो प्रयोग सामग्रीमा लगाइएका प्रतिबन्ध हटाउन र सीमा नाका खोल्न पनि इजरायललाई अनुरोध गरिएको छ ।

यसैबीच, प्यालेस्टिनी सरकारले अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घीय निकायहरूलाई गाजाका बासिन्दालाई कठोर जाडो मौसम र लगातारका आँधी–तूफानबाट जोगाउन तत्काल मानवीय कदम चाल्न आग्रह गरेको छ ।

 रामल्लाहमा बसेको साप्ताहिक बैठकपछि जारी वक्तव्यमा गाजामा आश्रय सामग्री प्रवेश गराउन माग गरिएको छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १ : ४४ बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर