चुनावी खर्चबारे आएका समाचारमा निर्वाचन आयोगको स्पष्टिकरण « Khabarhub

चुनावी खर्चबारे आएका समाचारमा निर्वाचन आयोगको स्पष्टिकरण


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन खर्चसम्बन्धी विषयमा हालै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

 ‘निर्वाचन आयोगले दुःख दियो’ र ‘चुनावी खर्च लुकाउने उम्मेदवार उठ्न नपाउने’ जस्ता शीर्षकमा आएका समाचार भ्रामक भएको आयोगको भनाइ छ।

निर्वाचन ऐन, २०७३ को दफा ३१ अनुसार खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना तोकिएको आयोगले स्पष्ट पारेको छ। तोकिएको मितिमा सम्बन्धित निर्वाचन कार्यालयमा जरिवाना रकम बुझाउने उम्मेदवारका हकमा उम्मेदवारी बदर गर्ने वा थप कारबाही नहुने पनि आयोगले जनाएको छ।

आयोगले सम्मानित अदालतबाट अन्यथा आदेश भएका उम्मेदवारको हकमा भने अदालतको आदेशअनुसार नै प्रक्रिया अघि बढाइने स्पष्ट गरेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले तथ्यमा आधारित सूचना प्रकाशन गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ३ : २५ बजे

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल

दलको नेतामा सहमति खोज्दै कांग्रेस, अन्तिम दौडमा यी तीन सांसद

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा पुगेका ६ दलमध्ये

रामकुमारीसहित एमाले सांसदलाई ‘साइबर बुलिङ’, दिए प्रहरीमा उजुरी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरूले पछिल्लो समयमा किशोरीहरूमाथि

१४ हजार विद्यार्थीको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु

इरानमा सत्ता अनिश्चितता, खामेनेई कोमामा

लन्डन– इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई