फाइवर इन्ट्रानेटबाट सीसीटिभी क्यामरा जडान  « Khabarhub

फाइवर इन्ट्रानेटबाट सीसीटिभी क्यामरा जडान 


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले वडाका बालाजु क्षेत्रबाट भित्र जडान गरिएका ७७ वटा सीसीटिभी क्यामरालाई फाइवर इन्ट्रानेटमा जडान गरेको छ ।

नेपाल टेलिकमसँगको सहकार्यमा फाइबरबाट जडान गरिएका सीसीटिभी क्यामराका दृश्यहरु वडा कार्यालयमा राखिएको मोनिटरमा हेर्न मिल्छ । 

आज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नविन मानन्धर र वडाध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले संयुक्त रुपमा प्रणाली शुभारम्भ गरेका हुन् । यसका लागि वडाले करिब १ करोड रुपैयाँ खर्च गरेको छ । 

कार्यक्रममा वडाध्यक्ष एवं संयोजक तिवारीले भने, ‘यस प्रकारको प्रणाली सम्भवतः नेपालमै पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो । यही प्रणालीलाई महानगरपालिकाभित्र सबैतिर विस्तार गर्दैछौँ ।’ 

वडाको आवश्यकताका विषयमा कुरा गर्दै उनले भने, ‘वडाको भौगोलिक क्षेत्रभित्रका लागि २ सय वटा क्यामरा आवश्यक छन् । चरणवद्ध रुपमा हामी यी क्यामरा जडान गर्नेछौँ ।’ सुरक्षा, सहरी विकास र विकास व्यवस्थापनका लागि प्रविधिको दिगो पूर्वाधार निर्माण गर्ने तथा सुरक्षा निकायसँग सहकार्य गर्ने योजना रहेको उनको भनाइ छ । 

सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार सहरभित्रका सीसीटिभी क्यामराबाट प्राप्त दृश्यको निगरानी गर्न बालाजु वाइसधारा उद्यान क्षेत्रमा सर्भलेन्स रुम (निगरानी कक्ष) निर्माणका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको छ । 

प्रणाली विस्तारको प्रगतिका विषयमा कुरा गर्दै उनी भन्छन्, ‘वडा नम्बर ३० मा प्रणाली जडान भइसकेको छ । वडा नम्बर ३२ को बोलपत्र आव्हान हुने चरणमा छ । वडा नं. १४ को बोलपत्र आव्हान भइसकेको छ । वडा नं. ३ को बोलपत्र आव्हान हुने चरणमा छ । यसरी प्रणाली विकास भइसकेपछि तार चुँडिएर क्यामरा नचल्ने तथा काम नलाग्ने हुने, विगतको समस्या पूर्ण रुपमा समाधान हुनेछ । तारको गुजुल्टोले कुरुप सहरी सुन्दरतामा सुधार आउनेछ ।’ 

महानगरपालिकाको गौरव योजना ‘महानगरपालिकाले देख्छ’ कार्यक्रमका ५ वटा प्याकेज मूल्याङ्कन चरणमा छन् ।
सरकारले प्रदान गर्ने सेवा सरकारी निकायबाट लिने अभ्यासका कोणबाट यो सहकार्य सिकाइ योग्य छ । नेपाल टेलिकमका उप प्रबन्धक इञ्जिनियर निर्मलराज चटौत भन्छन्, ‘महानगरपालिकाले हरेक सीसीटिभी क्यामरालाई फाइबर सञ्जालमा जोडेर निगरानी कक्षमा लैजान हामीसँग सहकार्य गरेको छ । हामी इन्ट्रानेट लिङ्कमार्फत निगरानी कक्षमा क्यामराबाट कैद भएका दृश्य पुर्‍याउँछौँ ।’

प्राइमरी नेटवर्क भूमिगत हुने भएकोले सहरमा तारको जञ्जाल नदेखिने, सेवामा समस्या न्यूनीकरण हुने, समस्यालाई तत्काल समाधान गर्न सकिने खालको हुन्छ । चटौतले जानकारी दिए । 

सूचना प्रविधि अधिकृत इञ्जिनियर माधव खनालका अनुसार क्यामराले अल्ट्रा एचडी (फोरके ३८४०×२१६०) क्वालिटीका दृश्य खिच्छ । एआइमा आधारित हरेक क्यामरामा ८ वटासम्म सेन्सर जोड्न मिल्छ । यी क्यामराहरु ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम (ओएनभीआइएफ) प्रोकोकलका हुन् ।

क्यामराका विशेषता बताउँदै खनाल भन्छन्, ‘बत्ती गए पनि यी क्यामरा चल्ने व्याकअप पावरको व्यवस्था गरिएको छ । पीटीजेड (स्वचालित रुपमा दायाँबायाँ घुम्ने, तलमाथि सर्ने र जुम इन  तथा जुम आउट हुने)’ क्यामराले ५५० मिटरसम्म दुरीका दृश्यहरु स्पष्ट रुपमा खिच्न र कैद गर्न सक्छ । बुलेट क्यामराले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छ । क्यामराबाट सम्बन्धित अधिकारीलाई आवाजसहितको दृश्य, नोटिफिकेसन पठाउन सकिन्छ । इन्बिल्ट एआई फिचर भएका यी क्यामराले, सवारी साधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस तथा सवारी साधन आवतजावतको गणना गर्न सक्छ । वातावरणको अवस्था देखाउन सक्छ । यी क्यामराहरु ८ मेगापिक्सेल र ४ मेगापिक्सेलका हुन् ।’

यी क्यामराबाट दृश्य मात्र नभइ सहरी अवस्था, चालचलन, आवतजावत, वातावरणलगायत पक्षको तथ्याङ्क पनि दिने भएकोले भविष्यमा तर्जुमा गरिने स्मार्ट सहरको नीति तथा कार्यक्रम र विनियोजन गरिने बजेटका लागि आधार दिन सक्छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ५ : ३३ बजे

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौं– बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना

२३ अर्ब बक्यौता तिरेर जुर्मुराउँदै स्वास्थ्य बीमा : संकट टार्न सुविधा थैलीमा कटौती

काठमाडौँ – आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान

पहिरो पन्छाइएपछि नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर प्रभावित नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ

कञ्चनपुरमा जापानिज इन्सेफ्‌लाइटिसको जोखिम कायमै

कञ्चनपुर– चार वर्षदेखि जापानिज इन्सेफ्‌लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको