टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर « Khabarhub

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल गोर्खे’को ट्रेलर सार्वजनिक भएको छ ।

नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ स्टारर फिल्मको ट्रेलर निर्माण पक्षले न्यूरोडमा बुधबार एक कार्यक्रम गरी सार्वजनिक गरेको हो ।

ट्रेलरले फिल्म टिकटकमा भाइरल बन्ने भोक भएको युवाको कथामा फिल्म बनेको प्रष्ट हुन्छ । उक्त युवाको भूमिकामा नायक सौगात मल्ल छन् ।

भाइरल बन्न उनी विभिन्न हर्कत गर्न तयार भएको देखिन्छ । उनी टिकटकमा भाइरल बन्न जोखिम मोलेर भिडियो बनाउन पनि तयार देखिन्छ । विभिन्न हर्कत गर्दा पनि उनी भाइरल नभएपति थकित हुन्छन् ।

राजा पृथ्वीनारायण शाहको नक्कले भने उनी भाइरल बनेको ट्रेलरमा देखाइएको छ । ट्रेलरमा अश्लीलता प्रदर्शन गरी भाइरल बन्नेहरुको व्यङ्ग्य पनि गरिएको छ ।

फिल्ममा बुद्धि तामाङ पनि मुख्य भूमिकामा छन् । पत्रकार ऋषि धमला अतिथीय भूमिकामा छन् ।

यो फिल्म पछिल्लो समयको टिकटक क्रेजको विषयमै यो फिल्म बनेको ट्रेलरले प्रष्ट पारेको छ ।

यस फिल्मको कथा र निर्देशन निगम श्रेष्ठको हो । निर्माताहरु विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुवर हुन् ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ५ : ३८ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको