काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल गोर्खे’को ट्रेलर सार्वजनिक भएको छ ।
नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ स्टारर फिल्मको ट्रेलर निर्माण पक्षले न्यूरोडमा बुधबार एक कार्यक्रम गरी सार्वजनिक गरेको हो ।
ट्रेलरले फिल्म टिकटकमा भाइरल बन्ने भोक भएको युवाको कथामा फिल्म बनेको प्रष्ट हुन्छ । उक्त युवाको भूमिकामा नायक सौगात मल्ल छन् ।
भाइरल बन्न उनी विभिन्न हर्कत गर्न तयार भएको देखिन्छ । उनी टिकटकमा भाइरल बन्न जोखिम मोलेर भिडियो बनाउन पनि तयार देखिन्छ । विभिन्न हर्कत गर्दा पनि उनी भाइरल नभएपति थकित हुन्छन् ।

राजा पृथ्वीनारायण शाहको नक्कले भने उनी भाइरल बनेको ट्रेलरमा देखाइएको छ । ट्रेलरमा अश्लीलता प्रदर्शन गरी भाइरल बन्नेहरुको व्यङ्ग्य पनि गरिएको छ ।
फिल्ममा बुद्धि तामाङ पनि मुख्य भूमिकामा छन् । पत्रकार ऋषि धमला अतिथीय भूमिकामा छन् ।
यो फिल्म पछिल्लो समयको टिकटक क्रेजको विषयमै यो फिल्म बनेको ट्रेलरले प्रष्ट पारेको छ ।
यस फिल्मको कथा र निर्देशन निगम श्रेष्ठको हो । निर्माताहरु विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुवर हुन् ।













प्रतिक्रिया