तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री « Khabarhub

तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक अघि बढेको बताएकी छन् ।  

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा प्रधानमन्त्री कार्कीले सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन गर्ने गरी वर्तमान सरकार गठन भएको भन्दै सरकार राजनीतिक दल तथा युवाहरूसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पुगेको बताएकी हुन् ।

उनले राजनीतिक परिवर्तनले समयानुकूल आम नागरिकको जीविकामा सुधार नसकेको, पेसा, व्यवसाय र रोजगारीका अवसर नभएको र आचरण र व्यवहार पनि न्यायपूर्ण हुन नसकेका कारण जेन-जी आन्दोलन हुन पुगेको उल्लेख गरिन् । 

जेन-जी आन्दोलनपछिको असामान्य परिस्थितिलाई सम्हाल्दै पुनः भड्किन नदिन र शान्ति सुव्यवस्था कायम गर्न सरकारले निकै संयमका साथ व्यवहार गरिरहेको उनले बताइन् । 

प्रधानमन्त्री कार्कीले मुलुकलाई विधिको शासनमा हिँडाउने, लोकतान्त्रिक उपलब्धि जोगाउने र दिगो स्थिरता कायम राख्ने तथा व्यावसायिक वातावरण बनाउनका निम्ति समेत अचुक माध्यम निर्वाचन नै भएको स्पष्ट पारिन् ।

उनले जेन-जी आन्दोलनमा क्षतिग्रस्त व्यवसाय पुनरुत्थानका लागि मौद्रिक, वित्त तथा विकास योजनामार्फत निजी क्षेत्रका सबै माग सम्बोधन गरिएको जानकारी दिइन् । 

प्रधानमन्त्री कार्कीले उद्यमी व्यवसायीलाई द्रुत सेवा र सुरक्षा प्रदान गर्ने सुनिश्चिततासहित बन्द, हडताल, तोडफोड, आगजनी लगायतका आक्रमण निषेधित क्षेत्रका रुपमा संरक्षण प्रदान गर्न साझा प्रतिविद्धताको खाँचो रहेको बताइन् । 

उनले जेन-जी आन्दोलनका क्रममा भएको घुसपैठ, लुटपाट, आगजनी गरी गलत फाइदा उठाउने आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकाय क्रियाशील रहेको उल्लेख गरिन् । 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ७ : ०० बजे

जीर्ण बाँधका कारण रौतहटका दर्जनौँ बस्ती बाढीको उच्च जोखिममा

चन्द्रपुर-  रौतहट भएर बग्ने वाग्मती र लालबकैया (बकैया) नदीका दुवै किनारमा

रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

रसुवा– रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे

मेसी र यामलको भाइरल तस्बिर वास्तविक भएको युनिसेफको पुष्टि: विश्वकपको फाइनलमा प्रतिद्वन्द्वी

काठमाडौँ – सामाजिक सञ्जालमा भाइरल भइरहेको स्पेनका युवा स्टार लामिन

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं– देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश

विश्वकपमा तेस्रो स्थानका लागि किन प्रतिस्पर्धा हुन्छ ?

काठमाडौँ – सेमिफाइनलमा पराजित भएपछि विश्वकपका टोली र समर्थक प्रायः