वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा « Khabarhub

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान ६९०औँ हप्ता सम्पन्न भएको छ । सफाइ महाअभियानको ६९०औँ हप्तामा गुह्येश्वरी फाँटस्थित वाग्मती नदी किनारमा सफाइ गरिएको हो ।

सफाइबाट आधा टन नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए । कुहिने फोहर भने नदी किनारमा गाड्ने गरिएको छ । सफाइ महाअभियानबाट उठाइएको नकुहिने फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको उनले बताए।

सफाइमा कामपा-११ का वडाध्यक्ष हीरालाल तन्डुकार, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, तिलगङ्गा महिला समूह एवं वाग्मती अभियानकर्मीहरूको सहभागिता थियो । सफाइका सहभागीले ५० थान विभिन्न जातका बिरुवा पनि वाग्मती नदी किनारमा रोपेका छन् ।
   
सो अवसरमा गत वर्ष रोपिएका बिरुवाको गोडमेल पनि गरिएको थियो । आगामी शनिबार ६९१औँ हप्ताको वाग्मती सफाइ पनि गुह्येश्वरी क्षेत्रकै वाग्मती किनारमा गरिने छ । अर्को हप्ता पनि वृक्षरोपण एवं गोडमेल कार्यक्रमलाई निरन्तरता दिइने सफाइ महाअभियानले जनाएको छ ।
 
विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिबार निरन्तर हुँदै आएको छ । महाअभियान सुरु भएदेखि वर्षा, गर्मी, जाडो, चाडपर्व, भूकम्प, कोरोना महामारीलगायत प्रतिकुल अवस्थामा पनि निरन्तरता पाउँदै आएको छ ।

वाग्मती सफाइ महाअभियान सुरु भएपछि यसका अधिकांश सहायक नदीमा पनि सफाइ अभियान सुरु भएको छ । यसैगरी राजधानीमा चक्रपथका विभिन्न खण्डमा पनि सफाइ अभियान जारी छ । राजधानीका विश्व सम्पदा क्षेत्रमा पनि सफाइ भइरहेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र, बौद्धनाथ क्षेत्र, स्वयम्भूनाथ क्षेत्रमा पनि सफाइ भइरहेको छ । 
  
काठमाडौँ उपत्यका बाहिर मुख्य सहर र प्रमुख नदीमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिरसमेत गरी हाल देशभर करिब १०८ भन्दा बढी स्थानमा सफाइ अभियान सञ्चालन भइरहेको छ । वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट देशभर सफाइ अभियान भइरहेको हो ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  १ : ०६ बजे

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,

मानव सेवालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई केवल शक्ति र