अलविदा निम्सदाइ ! « Khabarhub

अलविदा निम्सदाइ !


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ) को पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी निधन भएको छ । पाकिस्तान-प्रशासित गिल्गित-बल्तिस्तान क्षेत्रमा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहण दलमा पुर्जासँगै १० आरोही पनि थिए ।

म्याग्दीको करिब १,६०० मिटर उचाइमा रहेको एउटा सानो गाउँमा जन्मिएका पुर्जा गोर्खाली लाहुरे परिवारका सन्तान हुन् । पारिवारिक विरासत पछ्याउँदै उनी पनि सन् २००३ मा १८ वर्षको उमेरमा बेलायती सेनाको गोर्खा रेजिमेन्टमा भर्ना भएका थिए । पछि सन् २००९ मा उनी बेलायतको स्पेसल फोर्समा छनोट हुन सफल भएका थिए ।

बेलायती सेनामा १६ वर्ष सेवा गर्दा नै उनी पर्वतारोहणतर्फ आकर्षित भएका थिए । सन् २०१२ मा पहिलो पटक उनले ६,११९ मिटर अग्लो लोबुचे हिमालको आरोहण गरेका थिए । हिमाल आरोहणप्रतिको मोहका कारण सन् २०१८ मा उनले सैन्य सेवाबाट राजीनामा दिँदै आफूलाई पर्वतारोहणमा समर्पित गरेका थिए ।

त्यसै वर्ष उनलाई बेलायती महारानी एलिजाबेथ द्वितीयाले ‘एमबीई’ पदवी दिएकी थिइन् । सन् २०१९ मा ‘प्रोजेक्ट पोसिबल १४–७’ अभियानमार्फत ६ महिना ६ दिनको कीर्तिमानी समयमा आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गरेपछि उनी चर्चा विश्वभर फैलियो । यस सफलतासँगै उनले आफ्नै ट्रेकिङ एजेन्सी र कपडा ब्रान्ड सञ्चालनमा ल्याएका थिए ।

यद्यपि पछि सन् २०२३ मा नर्वेकी आरोही क्रिस्टिन हारिलाले तीन महिना एक दिनमा यो कीर्तिमान तोडेकी थिइन् । तर, पुर्जाको अभियानमा आधारित ‘१४ पिक्स: नथिङ इज इम्पोसिबल’ डकुमेन्ट्री नेटफ्लिक्समा निकै चर्चित बन्यो । सन् २०१९ को मे महिनामा सगरमाथाको चुचुरोनजिक पुग्दा उनले खिचेको आरोहीहरूको लामो लाइनको तस्बिर भाइरल बनेको थियो ।

उनले खिचेको यस तस्बिरले विश्‍वको सर्वोच्च शिखरमा हुने जोखिमपूर्ण ट्राफिक जामबारे बहस छेडेको थियो । ख्यातिसँगै उनले केही आलोचना र विवादहरूको पनि सामना गर्नुपरेको थियो । सन् २०२४ मा न्युयोर्क टाइम्समा प्रकाशित एक समाचारमा दुई महिलाले उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए । यसलाई उनले आफ्ना वकिलमार्फत खण्डन गरेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ५ : ५१ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा