भन्सार छलीका नौ लाख बराबरका सामान बरामद « Khabarhub

भन्सार छलीका नौ लाख बराबरका सामान बरामद


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– प्रहरीले नौ लाख ७६ हजार ८३० बराबरका खाद्यान्न तथा कपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज महानगरपालिका-१६ ईनर्वागाउँस्थित भारतबाट भन्सार छलेर चोरी पैठारी गरी भित्राइएका रु नौ लाख ५३ हजार ३४५ बराबरका विभिन्न किसिमका लत्ताकपडा बरामद गरिएको हो ।

त्यसैगरी वीरगन्ज-१६ रजतजयन्ती चोकबाट भन्सार छली गरी ल्याउँदै गरिएको २३ हजार ४८५ बराबरका तरकारी तथा मालबस्तु पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादर मल्लले जानकारी दिए । 

उनका अनुसार नियन्त्रणमा लिइएका सामान कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ । 

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ७ : ५२ बजे

भन्सार छलीका नौ लाख बराबरका सामान बरामद

वीरगन्ज– प्रहरीले नौ लाख ७६ हजार ८३० बराबरका खाद्यान्न तथा

नेपाललाई भारतले दियो भीमकाय लक्ष्य

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सहमति जुट्न नसकेपछि

भारतको छैठौँ विकेट पतन, रिंकु सिंह पनि आउट

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत