जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले « Khabarhub

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

प्राविधिक भन्छन्, 'फिल्डको अवस्था अर्कै छ


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कामदारको उद्धारमा सरकार निरन्तर असफल भएको छ । उक्त उद्धारमा सरकारकै निकायबीच समन्वय देखिएको छैन। अर्कोतिर डोजरहितका उपकरणको पनि अभाव छ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको आयोजनाको सुरुङमा फसेकालाई उद्धार गर्न प्राविधिक र इन्जिनियर खटिएका छन् । आवश्यक स्काभेटर, ब्रेकर, जेनेरेटर र पानी तान्ने पम्पलगायत उपकरण पर्याप्त उपलब्ध हुन सकेको छैन।

उद्धारमा खटिएका नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर प्रणय मगरले बाहिर प्रचार गरिएको सूचना र फिल्डको वास्तविकताबीच ठूलो अन्तर रहेको बताएका छन्। बाहिर ‘तीनवटा स्काभेटर दिनरात चलिरहेको’ सूचना प्रवाह भए पनि फिल्डमा एउटा मात्र चलेको उनले बताएका छन् ।

‘तीनवटा स्काभेटर दिनरात चल्यो, तर समाचारमा मात्र चल्यो। फिल्डमा एउटा मात्रै चल्यो,’ सुरुङको मुख खोल्न जुटिरहेका इन्जिनियर मगरले भनेका छन्।

उद्धारको पहिलो दिनदेखि नै तीनदेखि चारवटा स्काभेटर र एउटा ब्रेकर आवश्यक रहेको जानकारी गराए पनि नआएको उनले बताएका छन् । आवश्यक संख्यामा उपकरण उपलब्ध हुन नसक्दा उद्धार प्रभावित भएको उनले बताएका छन्।

पर्याप्त उपकरण र आवश्यक जनशक्ति तत्काल उपलब्ध भए पाँच दिनदेखि सुरुङमा फसेका सहकर्मीलाई उद्धार गर्न सकिने उनी बताउँछन् ।

इन्जिनियर मगरले सोमबार राति फेसबुकमार्फत मन्त्री तथा सांसदलाई प्राविधिकको सुझावअनुसार उद्धार अभियान चलाउन आग्रह गरेका छन्।

‘हेलो माननीयज्यूहरू, मेरो एउटा बिन्ती छ। हजुरहरूलाई प्राविधिक चाहिन्छ भने प्राविधिकले भनेको अनुसार काम गर्नुस्। यदि प्राविधिकले भनेअनुसार काम गर्न सक्नुहुन्न भने प्राविधिक नै नबोलाउनुस्, आफ्नो तरिकाले काम गर्नुस्,’ उनले भनेका छन्।

ज्यानको बाजी लगाएर सुरुङमा फसेका आफ्ना साथीको उद्धारमा खटिएका मगरले उपकरण तत्काल उपलब्ध गराउनसमेत सरकारसँग आग्रह गरेका छन्।

ज्यानको बाजी लगाएर सुरुङमा फसेका आफ्ना साथीको उद्धारमा खटिएका मगरले उपकरण तत्काल उपलब्ध गराउनसमेत सरकारसँग आग्रह गरेका छन्।

‘जे आवश्यक छ, ती सामानहरू प्लिज, प्लिज, प्लिज साइटमा उपलब्ध गराइदिनुस् र यो उद्धार कार्यलाई सहजीकरण गरिदिनुस्,’ उनले भनेका छन्।

सोमबार रातिसम्म पनि सुरुङभित्र प्रवेश गर्ने बाटो खुलेन

अनुसार सोमबार राति ११ बजेसम्म पनि सुरुङभित्र जान सक्ने गरी आवश्यक ‘एक्सेस’ बनाउन सकिएन। सुरुङको मुखबाट प्रवेश गर्ने अवस्था कठिन भएपछि वैकल्पिक बाटोबाट उद्धार प्रयास भइरहेको छ।

मगरका अनुसार सुरुङभित्र बाक्लो रिबहरू राखिएका छन्। ती रिबमा टाइरडसमेत अत्यन्त बाक्लो भएकाले मानिस छिर्न मिल्ने ‘होल’ बनाउन रिबार काट्ने काम भइरहेको छ।

सुरुङभित्र पानीसमेत रहेकाले त्यसलाई सुकाउन जेनेरेटर र पम्प आवश्यक भएको प्राविधिकहरू बताउँछन् । आवश्यक उपकरण समयमै उपलब्ध हुन नसक्दा उद्धार जटिल बनेको उनीहरूको भनाइ छ।

मन्त्री र सांसदको सूचना र फिल्डको अवस्था फरक

उद्धारमा खटिएका प्राविधिकले मन्त्री र सांसदले आमसञ्चार तथा सामाजिक सञ्जालमार्फत ‘त्रिशूली थ्री एमा टनेल खोलियो’ र ‘टनेलभित्र अक्सिजन पठाइयो’ लगायत सूचना दिए पनि फिल्डको अवस्था फरक रहेको बताएका छन्।

इन्जिनियर मगरले आफू घटनास्थलमै रहेर जानकारी दिइरहेको भन्दै गलत सूचना नदिन आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘मचाहिँ जहाँ काम भइरहेको छ, त्यहीँबाट अपडेट गरिरहेको छु। कुनै अक्सिजन पठाउन सकिएको छैन। कृपया, कसैले गलत न्युज दिएर यो अवस्थामा धोका नदिनुहोला।’

उद्धारका लागि आयोजनाको पोर्टलबाट सुरुङभित्र प्रवेश गर्ने ‘एक्सेस’ खोल्न नसकिने अवस्था आएपछि पोर्टलभन्दा करिब १० मिटर पछाडि सुरुङको माथिल्लो भागबाट मानिस पस्न सक्ने प्वाल बनाउने प्रयास भएको थियो। आइतबार पहिलोपटक विस्फोट गरे पनि सफल हुन सकेन।

प्राविधिकका अनुसार मुख्य चुनौती सुरुङसम्म पुग्ने सुरक्षित बाटो र त्यसका लागि आवश्यक उपकरण तथा जनशक्ति तत्काल परिचालन गर्नु छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ९ : २१ बजे

झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग

झापा– झापाको झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई