भोटेकोशी बाढीपछि त्रिशूलीको बहाव परिवर्तन, ठाउँ ठाउँमा थुप्रियो १० मिटरभन्दा बढी गेग्रान « Khabarhub

भोटेकोशी बाढीपछि त्रिशूलीको बहाव परिवर्तन, ठाउँ ठाउँमा थुप्रियो १० मिटरभन्दा बढी गेग्रान


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भौगर्भिक समाज (एनजीएस) ले भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोसीमा आएको बाढीपछि त्रिशूली नदीको अवस्था र बाढीले पारेको प्रभावबारे स्थलगत अध्ययन गरेको छ।

का अध्यक्ष भाष्कर खतिवडासहितको प्राविधिक टोलीले नुवाकोटको देविघाटदेखि धादिङको कृष्णभीरसम्मको बाढी प्रभावित क्षेत्रमा अध्ययन गरेको हो हो।

टोलीको प्रारम्भिक प्राविधिक अध्ययनमा त्रिशूली नदीले आफ्नो बाढीको बगरभित्र बहावको दिशा उल्लेख्य रूपमा परिवर्तन गरेको पाइएको जनाएको छ।

बाढीअघि रहेको नदीको भौगोलिक तथा भू-आकृतिक संरचना कतिपय स्थानमा स्पष्ट रूपमा पहिचान गर्न नसकिने अवस्थामा पुगेको र नयाँ ठाउँमा गेग्रान तथा माटो थुप्रिएको टोलीको निष्कर्ष छ।

देविघाट क्षेत्रका केही स्थानमा १० मिटरभन्दा बढी गेग्रान थुप्रिएको टोलीले जनाएको छ। त्यस्तै, महादेव फाँटभन्दा माथिका कृषि जमिनसमेत ठूलो मात्रामा बाढीले ल्याएको गेग्रानले पुरिएको पाइएको छ।

बाढीपछि नदीको बहाव परिवर्तन हुनुका साथै नयाँ गेग्रान थुप्रिएकाले त्रिशूली नदी करिडोर आसपासका क्षेत्र अझै जोखिममा रहेको एनजीएसले जनाएको छ। विशेषगरी तल्लो तटीय क्षेत्रमा रहेका राजमार्ग तथा कृषि जमिनमा जोखिम कायम रहेको प्रारम्भिक अध्ययनले देखाएको छ।

प्राविधिक टोलीले नदीको किनार तथा पिँधतर्फ थप कटान हुन सक्ने सम्भावनासमेत औँल्याएको छ। नदीले किनारको तल्लो भाग काट्दै जाँदा थप भूक्षय र अन्य जोखिम निम्तिन सक्ने भएकाले आगामी दिनमा निरन्तर निगरानी आवश्यक रहेको समाजले जनाएको छ।

एनजीएसका अध्यक्ष खतिवडाका अनुसार नदीको परिवर्तन भएको बहाव, थुप्रिएको गेग्रान र कटानको अवस्थाबारे विस्तृत प्राविधिक अध्ययन आवश्यक छ। यसका लागि टोलीले मंगलबार नुवाकोट र रसुवातर्फ थप स्थलगत अध्ययन गर्ने जनाएको छ।

स्थलगत अध्ययनबाट प्राप्त विवरणलाई समेटेर सम्बन्धित सरकारी निकायलाई शीघ्र प्राविधिक प्रतिवेदन बुझाउने तयारी गरिएको छ। बाढीपछि उद्धार, जोखिम न्यूनीकरण तथा पुनःस्थापनाका लागि आवश्यक निर्णय लिन प्रतिवेदन सहयोगी हुने एनजीएसको अपेक्षा छ।

नेपाल भौगर्भिक समाजले विपद्को यस कठिन अवस्थामा सम्बन्धित निकायलाई आवश्यक भौगर्भिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ११ : ५९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका