टिमुरेबाट बाढीमा बेपत्ता भन्सार अधिकृत शर्माको शव गोरखास्थित त्रिशूलीमा भेटियो « Khabarhub

टिमुरेबाट बाढीमा बेपत्ता भन्सार अधिकृत शर्माको शव गोरखास्थित त्रिशूलीमा भेटियो


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवास्थित टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखास्थित त्रिशूली नदीमा भेटिएको छ।

रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान सवा ८ बजे आएको भीषण बाढीमा परेर सम्पर्कविहीन भएका अधिकृत शर्माको शव मंगलबार गोरखास्थित त्रिशूली किनारमा भेटिएको हो।

त्रिशूली नदीको किनार (गोरखातर्फ) शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताएका छन् ।

भन्सार अधिकृत शर्मा हुम्लाको ताँजाकोट गाउँपालिका वडा नम्बर २ का स्थानीय बासिन्दा हुन्। उनको शव पोष्टमार्टमपछि परिवारले बुझिसकेका छन्।

भोटेकोशीले बगाएकामध्ये गोरखातर्फको त्रिशूली किनार क्षेत्रमा अहिलेसम्म ६५ जनाको शव भेटिएको छ। यससँगै मृतकको संख्या पनि हजार पुग्न लागेको छ।

यसअघि १३ भदौमा टिमुरेकै अर्का भन्सार अधिकृत यादव भण्डारीको शव नवलपुरमा भेटिएको थियो । यससँगै टिमुरेमा कार्यरत दुई भन्सार अधिकृतले ज्यान गुमाएको पुष्टि भएको छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १२ : ४५ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका