टिमुरेबाट बाढीमा बेपत्ता भन्सार अधिकृत शर्माको शव गोरखास्थित त्रिशूलीमा भेटियो « Khabarhub

टिमुरेबाट बाढीमा बेपत्ता भन्सार अधिकृत शर्माको शव गोरखास्थित त्रिशूलीमा भेटियो


१६ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवास्थित टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखास्थित त्रिशूली नदीमा भेटिएको छ।

रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान सवा ८ बजे आएको भीषण बाढीमा परेर सम्पर्कविहीन भएका अधिकृत शर्माको शव मंगलबार गोरखास्थित त्रिशूली किनारमा भेटिएको हो।

त्रिशूली नदीको किनार (गोरखातर्फ) शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताएका छन् ।

भन्सार अधिकृत शर्मा हुम्लाको ताँजाकोट गाउँपालिका वडा नम्बर २ का स्थानीय बासिन्दा हुन्। उनको शव पोष्टमार्टमपछि परिवारले बुझिसकेका छन्।

भोटेकोशीले बगाएकामध्ये गोरखातर्फको त्रिशूली किनार क्षेत्रमा अहिलेसम्म ६५ जनाको शव भेटिएको छ। यससँगै मृतकको संख्या पनि हजार पुग्न लागेको छ।

यसअघि १३ भदौमा टिमुरेकै अर्का भन्सार अधिकृत यादव भण्डारीको शव नवलपुरमा भेटिएको थियो । यससँगै टिमुरेमा कार्यरत दुई भन्सार अधिकृतले ज्यान गुमाएको पुष्टि भएको छ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  १२ : ४५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली