कोलम्बियामा सैन्य कारबाही : २० विद्रोहीको मृत्यु, पाँच पक्राउ « Khabarhub

कोलम्बियामा सैन्य कारबाही : २० विद्रोहीको मृत्यु, पाँच पक्राउ


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बोगोटा- कोलम्बियाको विद्रोही प्रभावित क्षेत्रमा सरकारी सेनाले गरेको हवाई कारबाहीमा २० जना विद्रोही मारिएका छन्। कारबाहीमा पाँच जना पक्राउ परेका छन् भने दुई जना नाबालकको उद्धार गरिएको कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले जानकारी दिएका छन् ।

राष्ट्रपति एस्प्रियेलाले सामाजिक सञ्जाल ‘एक्स’मार्फत उक्त कारबाहीमा २० जना ‘नार्को–आतङ्ककारी’ मारिएको पुष्टि गरेका हुन्। उनका अनुसार लागूऔषध तस्करी, अवैध खनन तथा जबर्जस्ती असुलीजस्ता गतिविधिबाट वित्त पोषित सशस्त्र समूहविरुद्ध सरकारले सैन्य अभियान तीव्र बनाएको छ।

दक्षिणी कोलम्बियाको ग्वाभियरे क्षेत्रमा सोमबार गरिएको उक्त सैन्य कारबाही ‘इभान मोर्डिस्को’का नामले चिनिने देशका ‘मोस्ट वान्टेड’ विद्रोही नेताको कमान्डमा रहेको गुरिल्ला समूहलाई लक्षित गरिएको जनाइएको छ।

मोर्डिस्को ‘सेन्ट्रल जनरल स्टाफ’ (इएमसी) नामक विद्रोही समूहका नेता हुन्। उक्त समूह कोलम्बियाका सबैभन्दा ठूला गैरकानुनी सशस्त्र समूहहरूमध्ये एक मानिन्छ। सन् २०१६ मा कोलम्बियाली सरकार र ‘रिभोलुसनरी आर्म्ड फोर्सेज अफ कोलम्बिया’ (एफएआरसी) बीच शान्ति सम्झौता भएपछि इएमसी एफएआरसीबाट अलग भएको समूह हो।

सरकारले विद्रोही समूहविरुद्ध सञ्चालन गरेको पछिल्लो कारबाही अगस्टको सुरुवातमा भएका दुई घातक हवाई आक्रमणपछि भएको हो। ती आक्रमणमा मारिएकामध्ये चार जना नाबालक रहेको फरेन्सिक अधिकारीलगायत स्रोतहरूले बताएका छन्।

कोलम्बियामा सशस्त्र समूहहरूले सामाजिक सञ्जालमार्फत बालबालिका तथा किशोरकिशोरीलाई आफ्नो गतिविधिमा सहभागी गराउने प्रयास गरिरहेको भन्दै अधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।

लामो समयदेखि सशस्त्र द्वन्द्व र हिंसाको सामना गर्दै आएको कोलम्बियामा सरकारले लागूऔषध तस्करी तथा गैरकानुनी सशस्त्र समूहविरुद्ध सैन्य कारबाहीलाई निरन्तरता दिइरहेको छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १ : ४५ बजे

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार

काभाबीच भलिबल टुरका लागि नेपाली टोली भुटान प्रस्थान गर्दै

काठमाडौं– भुटानको थिम्पुमा आयोजना हुने काभाबीच भलिबल टुरमा सहभागी हुने

बाढी प्रभावितका लागि इप्पानद्वारा १३ करोड प्रदान

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको