प्रधानमन्त्रीबिनाको सर्वदलीय बैठक औचित्यहीन : भीम रावल « Khabarhub

प्रधानमन्त्रीबिनाको सर्वदलीय बैठक औचित्यहीन : भीम रावल


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वउपप्रधानमन्त्री तथा वामपन्थी नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिमा हुने सर्वदलीय बैठक औचित्यहीन हुने टिप्पणी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको नेतृत्वमा भदौ १६ गते सर्वदलीय बैठक बोलाइएको समाचार सार्वजनिक भएपछि रावलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको प्रलयकारी बाढीबाट उत्पन्न गम्भीर समस्या र चुनौतीको सामना गर्न सर्वदलीय बैठक आयोजना गर्नु सकारात्मक भए पनि बैठकमा राज्यको नेतृत्व गर्ने प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने उनको भनाइ छ।

रावलले यसअघि भएको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्रीको उपस्थिति नरहेको उल्लेख गर्दै यसपटक पनि प्रधानमन्त्री अनुपस्थित भए बैठकको औचित्यमाथि प्रश्न उठ्ने बताए। प्रधानमन्त्रीबिनाको बैठकबाट सर्वदलीय संयन्त्र गठन गर्ने विषयसमेत अर्थहीन हुने उनको टिप्पणी छ।

उहाँले विपद्को सामना गर्न राष्ट्रिय एकताका साथ अघि बढ्ने सरकारको उद्देश्य हो भने सर्वदलीय बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री, गृहमन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको समेत अनिवार्य सहभागिता हुनुपर्ने बताए।

रावलले बैठकमा सहभागी हुन जाने राजनीतिक दलका नेताहरूले पनि यी विषयलाई गम्भीरतापूर्वक विचार गर्नुपर्ने उल्लेख गरेका छन् ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनाका विषयमा राजनीतिक दलहरूबीच छलफलको आवश्यकता बढेको छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  २ : ०४ बजे

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार

काभाबीच भलिबल टुरका लागि नेपाली टोली भुटान प्रस्थान गर्दै

काठमाडौं– भुटानको थिम्पुमा आयोजना हुने काभाबीच भलिबल टुरमा सहभागी हुने

बाढी प्रभावितका लागि इप्पानद्वारा १३ करोड प्रदान

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको