नेपाल-भारत सीमा समन्वय समितिको बैठक सम्पन्न « Khabarhub

नेपाल-भारत सीमा समन्वय समितिको बैठक सम्पन्न


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतको पिथौरागढमा नेपाल-भारत सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ । 

बैठकमा सीमा क्षेत्रमा उत्पन्न हुने समस्या तथा साझा सरोकारका विषयलाई आपसी संवाद, समन्वय र स्थापित संयन्त्रमार्फत समाधान गर्ने तथा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न दुवै पक्षबाट प्रतिबद्धता जनाइएको छ ।
  
सीमा क्षेत्रमा शान्ति–सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, व्यापार सहजीकरण तथा पूर्वाधार मर्मत र निर्माणलगायतका विषयमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिए । 

सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी, लागूऔषध ओसारपसार, मानवबेचबिखन तथा अन्य सीमा अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच नियमित सूचना आदान–प्रदान गर्ने सहमति भएको उनले जानकारी दिए। 

सीमा आवागमनलाई सहज र प्रभावकारी बनाउने विषयमा पनि दुवै देशका अधिकारीबीच छलफल भएको थियो ।

‘बाढी, पहिरो तथा आकस्मिक बाढीको जोखीम नेपाल–भारत दुवैतर्फ नै छ’ प्रजिअ अर्यालले भने, ‘विपद् व्यवस्थापनका लागि सूचना आदान–प्रदान गर्ने साझा संयन्त्र निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।’

बैठकमा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरसम्म थप सुदृढ गर्दै सीमा समन्वय बैठकलाई निरन्तरता दिने विषयमा समेत सहमति भएको जानकारी दिइएको छ । 

बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी अर्यालको नेतृत्वमा बैतडी र दार्चुला जिल्लाका अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । भारतको तर्फबाट पिथौरागढ जिल्लाका अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधि सहभागी  रहेको जानकारी दिइएको छ । 

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  २ : २१ बजे

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको

उत्पादन तथा प्रशोधन समूह बाहेक सबैको उपसूचक सकारात्मक

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९.२४ अंकले बढेको छ ।

विपद् व्यवस्थापनमा मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग पाइरहेका छौँ : परराष्ट्र

कामाडौं– परराष्ट्र मन्त्रालयले विपद् व्यवस्थापनमा बिभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग

बुधबारदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था