अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा « Khabarhub

अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा


१६ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानविरुद्ध अमेरिकाले जारी गरेको आर्थिक कारबाहीमा (युरोपियन युनियन) ईयूको समर्थनप्रति निन्दा गर्दै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले युरोपले अब रणनीतिक स्वायत्तता दाबी गर्न नसक्ने बताएका छन् । 

संयुक्त राज्य अमेरिकामा आयोजित जी–२० अर्थमन्त्रीहरू र सेन्ट्रल बैंकका गभर्नरहरूको बैठकमा सोमबार जारी गरिएको ईयू वक्तव्यको जवाफमा सामाजिक सञ्जाल एक्समार्फत बाघाईले यस्तो टिप्पणी गरेका हुन् ।  

युरोपियन युनियनले इरानले आफ्ना गतिविधिहरू रोकी र विश्वासका साथ शान्ति वार्तामा सङ्लग्नना सुनिश्चित गर्नुपर्ने अमेरिकी दबावलाई स्वागत गरेको छ ।  

यसरी वासिङ्टनको एक पक्षीय आदेश कार्यान्वयन गर्दा युरोपले आगामी दिनमा रणनीतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने बाघाईले बताएका छन्। 

युरोपियन युनियनले हर्मुजको जलमार्गमा क्षेत्रीय स्थिरता र आवागमन स्वतन्त्रताको सुनिश्चित गर्न इरानसँग कूटनीतिक प्रयास जारी राख्न आह्वान गर्दै थप उपायहरूका लागि संयुक्त राज्य अमेरिका र अन्य साझेदारहरूसँग तेहरानमा दबाब कायम राख्न तयार रहेको बताएको छ । 

गत अगस्त–१९ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आर्थिक कारोबार गर्ने देशहरूले आर्थिक दबाव सामना गर्नुपर्ने चेतावनी दिँदै इरानलगायत इरानसँग कारोबार गर्ने देशविरुद्ध क्रूर आर्थिक कारबाहीको घोषणा गरेका थिए । 

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  २ : ३१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली