विपद् व्यवस्थापनमा मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग पाइरहेका छौँ : परराष्ट्र « Khabarhub

विपद् व्यवस्थापनमा मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग पाइरहेका छौँ : परराष्ट्र


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कामाडौं– परराष्ट्र मन्त्रालयले विपद् व्यवस्थापनमा बिभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खोज तथा टनेल उद्धारका साथै डीएनए पहिचानका क्षेत्रमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको जानकारी दिए ।

उहाका अनुसार भारतका २४ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँग समन्वय गरी चिलिमे र लाङटाङ जलविद्युत् आयोजना क्षेत्रमा खटिएको छ भने चीनबाट आएका ९ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँग समन्वय गरी माथिल्लो त्रिशूली ३ ’ए’ आयोजना क्षेत्रमा परिचालन भएका छन् । 

त्यस्तै कोरियाबाट पनि उद्धार टोली नेपाल आइपुगेको प्रवक्ता पौडेलले जानकारी दिए ।

उनले भारतबाट १९ सदस्यीय डीएनए विश्लेषण विज्ञ टोली २९ अगस्टदेखि कार्यक्षेत्रमा रहेको र चीनबाट ४ सदस्यीय फोरेन्सिक टोलीका साथै सिंगापुरबाट विपद् पीडित पहिचान टोली ल्याउन समन्वय भइरहेको बताए ।

तत्काल पहिचान हुन नसकेका शवहरूको डीएनए नमुना सुरक्षित राखी अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी रूपमा गाडिएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता पौडेलले क्षति मूल्याङ्कन गरी ’विपद्पछिको आवश्यकता मूल्याङ्कन’ तयार गरिने र सोही आधारमा दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आह्वान गरिने जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ३ : १२ बजे

भोटेकोशी बाढी प्रभावितका लागि इटहरीमा राहत सामग्री संकलन (तस्बिरहरू)

काठमाडौं– नेपाल जेसीजको आह्वानमा सुरू गरिएको अभियानअन्तर्गत पछिल्लो तीनदिनदेखि खाद्यान्न,

अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन

काठमाडौं– सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार

बाढीपीडितलाई गैँडाकोटको ३५ लाख सहयोग

नवलपुर– गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावितका

विपद् व्यवस्थापनमा सरकार चुकेको कुरा उठ्यो, नेपालले नसके अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिन सुझाव

काठमाडौं- रसुवालगायत भदौ १० को भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार

बेत्रावतीको एउटै घरमा २२ शव सडिसक्दासम्म कहाँ थियो सरकार ?

काठमाडौं- नुवाकोट र रसुवाको सीमावर्ती बेत्रावती अहिले बजार रहेन। यो