बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह « Khabarhub

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति बिना संस्थागत संरक्षणमा नराख्न र ओसारपसार नगर्न आग्रह गरेको छ।

परिषद्ले बाबुआमा वा संरक्षक गुमाएका, बेपत्ता भएका वा घाइते बालबालिकालाई पहिले परिवारका सदस्य तथा नातेदारकै संरक्षणमा राखी राहत, उपचार र मनोपरामर्शलगायत सहयोग उपलब्ध गराउन आग्रह गरेको छ ।

स्थानीय तहमा संरक्षणको व्यवस्था सम्भव नभए मात्र स्थानीय बाल अधिकार समितिको निर्णय, बाल कल्याण अधिकारीको सिफारिस र राष्ट्रिय बाल अधिकार परिषद्को सहमतिमा सूचीकृत बालगृह वा संस्थामा अस्थायी संरक्षणको व्यवस्था गरिने परिषद्ले जनाएको छ ।

परिषद्ले बालबालिकाको सर्वोत्तम हित र प्रचलित बाल संरक्षणसम्बन्धी कानुनविपरीत हुने गतिविधि नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ३ : २५ बजे

एमालेले प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने  

काठमाडौं– नेकपा एमालेले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म

नेपाल बैंकर्स संघको एसोसिएट सदस्यमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड आबद्ध

काठमाडौं– नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रूपमा नेपाल इन्फ्रास्ट्रक्चर

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार

काभाबीच भलिबल टुरका लागि नेपाली टोली भुटान प्रस्थान गर्दै

काठमाडौं– भुटानको थिम्पुमा आयोजना हुने काभाबीच भलिबल टुरमा सहभागी हुने

बाढी प्रभावितका लागि इप्पानद्वारा १३ करोड प्रदान

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले