एमालेले प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने   « Khabarhub

एमालेले प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने  


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले बुधबारबाट सञ्चालन हुने संसद बैठकमा संसदीय दलका नेताले सम्बोधन गर्ने र विशेष संसदीय समिति गठनका लागि माग गर्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।

बैठकले बाढी–पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको शीघ्र खोजी गर्न माग गरेको छ भने एमालेका प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय भएको महरले बताए ।

उनले बाढीपछिको उद्धार कार्य प्रभावकारी हुन नसक्दा नागरिकको ज्यान जोगाउन सकिने अवसर गुमेको उल्लेख गरे । 

साथै उनले एउटै घरबाट २२ भन्दा बढी शव निस्कनु तथा समयमै उद्धार नहुँदा ५–७ दिनपछि मात्र शव फेला पर्नुले सरकारी संयन्त्रको कमजोरी देखाएको आरोप लगाए । 

त्यस्तै महरले सुरुङ तथा विभिन्न स्थानमा अझै शवहरू अलपत्र रहनु र परिवारलाई नबुझाई सामूहिक रूपमा गाडिनु उचित नभएको धारणा राखे । 

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ४ : ३१ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको