सरकारको काम व्यापार व्यवसाय गर्ने हैन : मुख्यमन्त्री कार्की « Khabarhub

सरकारको काम व्यापार व्यवसाय गर्ने हैन : मुख्यमन्त्री कार्की


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारको काम व्यापार व्यवसाय गर्ने नभएको बताएका छन् । 

मोरङ उद्योग व्यापार संघको ६९ औं वाषिर्क साधारण सभाको विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारले व्यापार व्यवसाय गर्न सहजता आउने गरी औद्योगिक वातावरण बनाउने तर्फलाग्नुपर्ने धारणा व्यक्त गरे । 

उनले कोशी प्रदेश सरकारले पर्यटन तथा उद्योग क्षेत्रमा लगानीको वातावरण बढाउन लगानी सम्मेलन आयोजना गरेको जानकारी दिए । 

उनले विराटनगरलाई कोशी प्रदेशको राजधानी बनाउने गरी उद्योगी व्यवसायीहरुले र्पूवाधार निर्माणमा आवश्यक सहयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले औद्योगिक वातावरण निर्माणका लागि सरकारलाई पटक पटक आग्रह गरिएको भएपनि आवश्यक नीति, कानुन र र्पूवाधारमा सहयोग नगरेको गुनासो गरे । 

उनले अर्थतन्त्रमा देखिएको समस्या निराकरणका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिड्न सक्नुपर्ने धारणा व्यक्त गरे । 

सो अवसरमा संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो भने मोरङ उद्योग व्यापार संघले ७५ वर्षमा गरेका कार्यहरुको स्मारिका विमोचन गरिएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ६ : १८ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका