सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’ « Khabarhub

सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको सर्वदलीय बैठकमा सबै दलहरूले एकै चित्त राखेर अन्तर्राष्ट्रिय समुदायसँग छलफल गर्नुपर्ने निष्कर्ष निकालेको छ।

मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डाकेको बैठकमा सबै दलका तर्फबाट एकचित्त भएर राष्ट्रिय विपत्तिलाई सामना गर्नुपर्ने निष्कर्ष निकालिएको हो।

बैठकमा सरकारका कामहरूप्रति विपक्षी दलहरूले शङ्का गर्ने ठाउँ रहेकाले थप जिम्मेवार र प्रभावकारी ढंगले काम गर्नुपर्ने सुझाव दिएका थिए। सुरुङमा फसेका व्यक्तिहरू उद्धार, राहत वितरण र स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्न सरकार चुकेको विपक्षीहरूको धारणा थियो।

बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीका अनुसार अन्तर्राष्ट्रिय समुदायसँग पनि विपद्को विषयमा छलफल गर्नुपर्ने कुरा उठेको छ ।

विपद् नेपालको तर्फबाट नभएर चीनको भूगोलबाट आएका कारण दुई देश बीचको समन्वय र सहकार्यबारे पनि नेताहरुले आफ्नो तर्क राखेका थिए । सर्वदलीय बैठक प्रधानमन्त्री वालेन्द्र शाहले डाक्नुपर्ने आवाज पनि उठेको थियो।

नेताहरूले बालेन आफैंले प्रधानमन्त्रीका रुपमा बैठक राख्नुपर्नेमा त्यसो नभएको बताएका थिए । उनीहरूले बैठकमा बालेनको पनि खोजी गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ५ : ३१ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु