चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ « Khabarhub

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ


१६ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि जल तथा मौसमसम्बन्धी तथ्यांकमा पारदर्शिता नअपनाएको भन्दै नेपाली सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका आरोपको चीनले खण्डन गरेको छ।

नेपालस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै चीनले प्रभावित क्षेत्रको जल तथा मौसमसम्बन्धी महत्वपूर्ण तथ्यांक नेपाललाई निरन्तर उपलब्ध गराउँदै आएको जनाएको हो।

दूतावासका अनुसार २६ अगस्ट २०२६ मा चीन–नेपालको केरुङ–रसुवा नाका क्षेत्रमा विनाशकारी पहिरो गएपछि प्रभावित जलाधार क्षेत्रमा रहेका निगरानी केन्द्रमा क्षति, सडक तथा यातायात अवरुद्ध र सञ्चार संकेत अस्थिरजस्ता कठिनाइ उत्पन्न भएका थिए।

यस्ता कठिनाइका बाबजुद चीनले तथ्यांक प्रसारणका माध्यम पुनःस्थापित गर्न हरसम्भव प्रयास गरेको दूतावासले जनाएको छ।

चीनले प्रभावित जलाधार क्षेत्रको महत्वपूर्ण जल तथा मौसमसम्बन्धी तथ्यांक दैनिक रूपमा नेपालको जल तथा मौसम विज्ञान विभागलाई उपलब्ध गराउँदै आएको दूतावासको दाबी छ।

यसका साथै, अन्य नेपाली सरकारी निकायसँग पनि आवश्यक जलसम्बन्धी सूचना समयमै आदानप्रदान भइरहेको जनाएको छ।

चीनले जल तथा मौसमसम्बन्धी तथ्यांकमा ‘पारदर्शिता नभएको’ भन्ने आरोप तथ्यसँग मेल नखाने र नेपाल–चीनबीचको विपद् उद्धार तथा राहत सहकार्यमा अवरोध सिर्जना गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाएको छ।

दूतावासले चीनले सधैं मानवीय भावनालाई प्राथमिकता दिँदै आएको र नेपालको विपद् प्रतिकार्यसम्बन्धी निर्णय प्रक्रियालाई पूर्ण समर्थन गरेको जनाएको छ।

‘दुवै देशका जनताको जीवन तथा सम्पत्तिको सुरक्षा गर्न चीनले ठोस कदम चाल्दै आएको’ उल्लेख गर्दै दूतावासले नेपाललाई कठिनाइबाट पार पाउन तथा प्रभावित क्षेत्र पुनर्निर्माण गर्न निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ।

चीनको उक्त भनाइ नेपालमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अचानक बाढी आउनुअघि चीनतर्फबाट पर्याप्त जल तथा मौसमसम्बन्धी सूचना उपलब्ध गराइएको थियो कि थिएन भन्ने विषयमा सार्वजनिक बहस भइरहेका बेला आएको हो।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  १० : १३ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४