चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ « Khabarhub

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि जल तथा मौसमसम्बन्धी तथ्यांकमा पारदर्शिता नअपनाएको भन्दै नेपाली सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका आरोपको चीनले खण्डन गरेको छ।

नेपालस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै चीनले प्रभावित क्षेत्रको जल तथा मौसमसम्बन्धी महत्वपूर्ण तथ्यांक नेपाललाई निरन्तर उपलब्ध गराउँदै आएको जनाएको हो।

दूतावासका अनुसार २६ अगस्ट २०२६ मा चीन–नेपालको केरुङ–रसुवा नाका क्षेत्रमा विनाशकारी पहिरो गएपछि प्रभावित जलाधार क्षेत्रमा रहेका निगरानी केन्द्रमा क्षति, सडक तथा यातायात अवरुद्ध र सञ्चार संकेत अस्थिरजस्ता कठिनाइ उत्पन्न भएका थिए।

यस्ता कठिनाइका बाबजुद चीनले तथ्यांक प्रसारणका माध्यम पुनःस्थापित गर्न हरसम्भव प्रयास गरेको दूतावासले जनाएको छ।

चीनले प्रभावित जलाधार क्षेत्रको महत्वपूर्ण जल तथा मौसमसम्बन्धी तथ्यांक दैनिक रूपमा नेपालको जल तथा मौसम विज्ञान विभागलाई उपलब्ध गराउँदै आएको दूतावासको दाबी छ।

यसका साथै, अन्य नेपाली सरकारी निकायसँग पनि आवश्यक जलसम्बन्धी सूचना समयमै आदानप्रदान भइरहेको जनाएको छ।

चीनले जल तथा मौसमसम्बन्धी तथ्यांकमा ‘पारदर्शिता नभएको’ भन्ने आरोप तथ्यसँग मेल नखाने र नेपाल–चीनबीचको विपद् उद्धार तथा राहत सहकार्यमा अवरोध सिर्जना गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाएको छ।

दूतावासले चीनले सधैं मानवीय भावनालाई प्राथमिकता दिँदै आएको र नेपालको विपद् प्रतिकार्यसम्बन्धी निर्णय प्रक्रियालाई पूर्ण समर्थन गरेको जनाएको छ।

‘दुवै देशका जनताको जीवन तथा सम्पत्तिको सुरक्षा गर्न चीनले ठोस कदम चाल्दै आएको’ उल्लेख गर्दै दूतावासले नेपाललाई कठिनाइबाट पार पाउन तथा प्रभावित क्षेत्र पुनर्निर्माण गर्न निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ।

चीनको उक्त भनाइ नेपालमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अचानक बाढी आउनुअघि चीनतर्फबाट पर्याप्त जल तथा मौसमसम्बन्धी सूचना उपलब्ध गराइएको थियो कि थिएन भन्ने विषयमा सार्वजनिक बहस भइरहेका बेला आएको हो।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १० : १३ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक