घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ « Khabarhub

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font


काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर दीपा कार्की घुससहित पक्राउ परेकी छिन्। 

 नगरपालिकामा सातौँ तहमा कार्यरत कार्की र मध्यस्थता गर्ने आस्मा कार्कीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।इन्जिनियर कार्कीले ‘स्ट्रक्चर एनालिसिस’ काम स्वीकृत गरेबापत बार्गेनिङ गर्दै पटकपटक दुःख दिएको भन्दै सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए ।

उक्त  उजुरीका आधारमा अख्तियारको टोलीले उनीहरूलाई ६४ हजार घुससहित  नगरपालिकाको कार्यालय थलीबाट पक्राउ गरेको हो। उनीहरू दुवैविरुद्ध मंगलबार विशेष अदालतको आदेशबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान प्रक्रिया अघि बढाएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १० : ५७ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक