जन्मिदै जालझेल झेलेको कांग्रेस « Khabarhub

जन्मिदै जालझेल झेलेको कांग्रेस

गर्भे खोट अझै छ चोट



राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको रुचिको मानिस सुवर्णशमशेरलाई पार्टी अध्यक्ष बनाएपछि राजामाथि दबाब पर्नेछ । यही अवधारणासाथ २०१२ माघ ९ गते वीरगन्जमा घोषित पार्टी महाधिवेशनमा बीपी खुलेर सुवर्णशमशेरको पक्षमा लागे ।

बीपीको इच्छा विपरित सुवर्णशमशेरलाई टक्कर दिन गणेशमान प्रतिस्पर्धामा उत्रिए । बीपीको असली उत्तराधिकारी आफूमात्र हुनसक्ने गणेशमानको बुझाई थियो ।

गणेशमानले अडान नछोड्ने भएपछि जित सुवर्णशमशेरको भएपनि इज्जतिलो मत ल्याउन भन्ने बीपीको दोहोरो चाल थियो । यस्तो मिलाउन आफ्नै घरमा पढे, बढेको विश्वबन्धु थापालाई जिम्मा दिए । अचम्म त के भयो भने दाजुको हरेक आज्ञा रामवाण बनेर पालना गर्ने गिरिजाप्रसाद कोइरालाले भने गणेशमानलाई सघाए । चुनाव भयो । सुवर्णशमशेर पार्टी सभापति भए । बीपीको योजनामुताविक गणेशमानले उल्लेख्य मत पाए ।

आफूमाथि बीपीको देखादेखी असहयोग हुँदा पनि गणेशमानले बीपीको साथ छोडेनन् । गणेशमानको पार्टी हाँक्ने सपना चुनावले सेलायो । पदविनै उनी कांग्रेसको शीर्ष नेतृत्वमा सधैं पूज्य रहे । यो भयो पार्टीमा चल्ने प्रहसन ।

अब सरकारमा कस्तो खेलकुद चल्थ्यो भन्ने बुझ्न पढौं अर्को प्रसङ्ग । बीपीका दाहिने, देब्रे बाहु डा. तुलसी गिरी, विश्वबन्धु थापाको राजा महेन्द्रसँग सटरपटर शुरु भइसकेको थियो । त्यतिबेलै बीपी राष्ट्रसंघको महासभामा जाने तयारी गर्दै थिए । गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले बीपीको कानमा शंकाको बीउ रोपिदिँदै भने- ‘विश्वबन्धुलाई राष्ट्रसंघमा आफूसँग लानुभएन भने यिनले राजासँग मिलेर अप्रिय खेल खेल्न सक्छन् ।’

सूर्यप्रसादको भनाइले झस्किएका बीपीले विश्वबन्धुलाई अमेरिका हिँड्न कर गरे । बीपीको आग्रह टार्ने क्षमता नभएका उनले आफूलाई अमेरिका पठाउन सूर्यप्रसादको चाल रहेको बुझिसकेका थिए ।

थापाले सूर्यप्रसादलाई थर्काउने शैलीमा भने- ‘तपाईंको सीआईडीलाई के थाहा हुन्छ दरबारमा के कुरा भयो ? मलाई अमेरिका पठाउन तपाईंको हात छ । लेखेर बस्नोस्, म अमेरिका गएपछि तपाईं जेल पर्नुहुन्छ । यो पाप तपाईंलाई लाग्नेछ ।’ कांग्रेसका वर्तमान उपसभापति पुष्पा भुसालको पिताजी काशीनाथ गौतमले घुक्रयाउँदै भनेका थिए- ‘मलाई मन्त्री नबनाए काशीमा गएर गंगामा हाम्फाल्छु ।’

कांग्रेसजनले इतिहासको ‘गोल्डेन काल’ भनेर व्याख्या गर्ने ०१५ सालको चुनावले दुई तिहाइ त प्राप्त गर्‍यो तर त्यही शक्ति दम्भमा परिणत हुँदा आफ्ना विश्वासपात्र मानिने डा. तुलसी गिरी, विश्वबन्धु थापा, सूर्यप्रसाद उपाध्याय राजा महेन्द्रको राडारमा पुगिसकेको बीपीले थाहा पाउँदा राजनीति अर्कै ध्रुवमा बगिसकेको थियो ।

कांग्रेसजनले इतिहासको ‘गोल्डेन काल’ भनेर व्याख्या गर्ने ०१५ सालको चुनावले दुई तिहाइ त प्राप्त गर्‍यो तर त्यही शक्ति दम्भमा परिणत हुँदा आफ्ना विश्वासपात्र मानिने डा. तुलसी गिरी, विश्वबन्धु थापा, सूर्यप्रसाद उपाध्याय राजा महेन्द्रको राडारमा पुगिसकेको बीपीले थाहा पाउँदा राजनीति अर्कै ध्रुवमा बगिसकेको थियो ।

कुनै समय पार्टीमा प्रज्ञा र चैतन्यमा विशिष्ट सम्मान पाएका सूर्यप्रसाद विरुद्ध बीपी आफ्नै कलमबाट निम्न कोटीको टिप्पणी गर्न पुग्छन्- ‘सूर्यबाबु निम्न श्रेणीको व्यक्ति हुनुहुन्छ भन्ने त मलाई, हामी सबैलाई थाहा थियो, तर यसप्रकारको पतीत र अधम हुनुहुन्छ भन्ने विश्वास थिएन । उहाँलाई एकचोटि राजनीतिमा समाप्त भएपछि करुणा गरेर मैले आश्रय दिएँ । चुनावका दुवै ठाउँमा हारेपछि उहाँको कुनै राजनीतिक आधार थिएन । पार्टीका साथीहरुले नपत्याएको र अब चुनावमा जनताले पनि त्यागेको व्यक्तिलाई दयनीय अवस्थामा मैले महोत्तरीको गौशाला बजारमा पाएको थिएँ । केवल करुणाका भावनाले उहाँलाई मैले आश्वासन दिएँ र उहाँले पनि आफूलाई मेरो सम्पूर्ण जिम्मा सुम्पिन्छु भनेर आँसु चुहाउनु भयो, जसको दुई-तीन थोपा मेरो गोडामा पर्न गएका थिए ।’

०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसद हौसिएर काठमाडौँ आए । आज सरकार बन्छ छैन, भोलि बन्छ छैन । नयाँ सडकको पिपलबोटमुनि घण्टौं गफगाफ गरेर फर्कनु सांसदको नित्यकर्मजस्तै बनिसक्यो । राजा महेन्द्र न संसद् आव्हान गर्छन, न सरकार गठनका लागि आमन्त्रण । बीपी र सुवर्णशमशेरबीच प्रधानमन्त्री बन्नेमा होडले कांग्रेसको आन्तरिक राजनीति तातेको थियो । राजा महेन्द्र भित्री रुपमा आफ्नो बालसखा समेत रहेका सुवर्णशमशेरलाई प्रधानमन्त्री बनाउन चाहन्थे । यो रहस्य बुझेकी बीपी पत्नी सुशीलाले सुवर्णशमशेरलाई बाटो छोड्न आग्रह गर्दै पतिको अडानविरुद्ध घरमै सत्याग्रह गरिन् । बीपी टसमस भएनन् ।

सुवर्णशमशेरले दिएको चन्दाले पार्टी चलेको थियो । चुनाव गराउन १० लाख नगद सहयाेग गरेका थिए । सुवर्णशमशेरका छोराहरू खुलेआम भन्थे- ‘हाम्रो पैसाबाट पार्टी चलाउने, चुनाव जित्ने अनि प्रधानमन्त्री त्यो बाहुन हुने ?’

सुवर्णशमशेरले दिएको चन्दाले पार्टी चलेको थियो । चुनाव गराउन १० लाख नगद सहयाेग गरेका थिए । सुवर्णशमशेरका छोराहरू खुलेआम भन्थे- ‘हाम्रो पैसाबाट पार्टी चलाउने, चुनाव जित्ने अनि प्रधानमन्त्री त्यो बाहुन हुने ?’

बीपीकालीन कांग्रेसप्रति अहिलेका कांग्रेसी गौरव गर्छन् । तर, कांग्रेसमा आन्तरिक किचलो त्यो पार्टीको पुस्तौनी गहना बन्दै आएको छ । झण्डै सातदशक अघि नै सुवर्णशमशेरले पार्टीमा राजासँगको सहकार्यलाई बटमलाइन बनाउनुपर्ने प्रस्ताव गरेका थिए । राणाको प्रस्तावप्रति अनुदार बीपीले आफू भारतमा असुरक्षित महसुस गरेसँगै राष्ट्रिय मेलमिलापको नाममा अन्ततः त्यही नीति अख्तियार गरे । १६ वर्षपछि स्थिति ‘चुचे ढुंगो उही टुङ्गो’को अवस्थामा पुग्यो ।

चुनावमा पैसाको अभाव सुलह गर्न बीपीले सुवर्णलाई २०१४ मा लेखेको पत्रमा भनिएको छ- ‘देशभरिमा केन्द्रलाई वार्षिक एक सय रुपैयाँभन्दा बढी चन्दा दिन सक्ने हजार जना मानिस भेटिए भने केन्द्रको काम बढ्ने थियो र आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने थियो । कृपया तपाईंहरूले आ-आफ्नो जिल्लामा रहेका त्यस्ता व्यक्तिको सूची तयार पारेर चन्दा दिने व्यक्तिहरूबाट एकमुस्ट चन्दा लिने व्यवस्था मिलाउनु होला ।’

मातृका, बीपी, गिरिजाप्रसाद कोइराला एउटै ताउलोमा भात खाएर हुर्किएका दाजुभाइ मुलुकको कार्यकारी तहमा पुगेको गौरवमय इतिहास छ । अर्कातिर तिनै मातृका र बीपीको सम्बन्ध अत्यन्त निकृष्ट तहमा पुगेको देखिन्छ । एउटा कालखण्डमा मातृका भाइलाई भौतिक आक्रमण गर्नसम्म पछि पर्दैनन् । २०१५ सालको चुनावमा बीपीले मातृकालाई टिकट दिएनन् । बीपी हराउन मातृका कति सक्रिय थिए भने एउटा पारिवारिक घटना स्मरणीय छ ।

मातृका र बीपीको सम्बन्ध अत्यन्त निकृष्ट तहमा पुगेको देखिन्छ । एउटा कालखण्डमा मातृका भाइलाई भौतिक आक्रमण गर्नसम्म पछि पर्दैनन् । २०१५ सालको चुनावमा बीपीले मातृकालाई टिकट दिएनन् । बीपी हराउन मातृका कति सक्रिय थिए भने एउटा पारिवारिक घटना स्मरणीय छ ।

बहिनी इन्दिरा (शैलजा आचार्यकी आमा) दाजु बीपी जिताउन रातदिन खटेकी थिइन् । मातृकाकी आमालाई सबैले हजुरीआमा भनेर सम्बोधन गर्थे । तिनै हजुरीले इन्दिरालाई भनिछन्- ‘भोट हाल्न जाँदा मलाई पनि सँगै लिएर जाऊ है ।’ इन्दिराले त्यसै गरिन् । फर्किंदा सोधिन् – सान्दाइलाई भोट दिनुभयो हैन ? हजुरीले भनिन्- ‘मैले त घैलामा अवधनारायणलाई हालेँ ।’ आमाको भनाइबाट रुष्ट इन्दिरा आमालाई बाटामै छोडेर फन्किदै घर फर्किइन् ।

साम, दाम, दण्ड, भेदको दाउपेच त्यो समयमा पनि थियो । समाजको मनोविज्ञान, राजनीतिको आयतन, शिक्षाको प्रभाव, अर्थोपार्जनका स्रोत साँघुरो भएका कारण दलाली ठूलो आयतनमा नभए पनि भ्रष्टाचारको गन्ध बाक्लै आउँथे । प्रधानमन्त्री भएका बखत दाजुको पीए बसेका तारिणीप्रसाद कोइरालामाथि पैसा लिएर पुलिस भर्ना गरेको आक्षेप त्यही बेला लागेको हो । तर, आचरणमा सचेत बीपीले आरोप लाग्नासाथ भाइलाई पदबाट हटाए । गणेशमानमाथि राजाले लगाएको आरोप दरबारमै बसेर ‘क्लिन चिट’ दिलाए ।

०७ सालको क्रान्तिपछि प्रधानमन्त्री बन्न ठिक्क परेका बीपीलाई भारतीय राजदूत सीपीएन, सिन्हामार्फत हस्तक्षेप गर्न लगाएर नेहरुले मातृकालाई कार्यकारीको हटसिट दिलाए । मातृकाले पार्टी सभापति र प्रधानमन्त्री दुवै पद ओगटेपछि कार्यकर्तामाझ अत्यन्त लोकप्रिय रहेका बीपी रन्थनिए । दाजुभाइको खटपट भारतीय समाजवादी नेता जयप्रकाशनारायणले भारत बोलाएर समाधान गराइदिए । २०१५ सालको चुनावपछि तिनै बीपीले प्रधानमन्त्री र पार्टी सभापति पद एकसाथ चलाए । दुई कांग्रेस मिलेको भनिए पनि शक्ति सङ्घर्षले पार्टीभित्र गुट उपगुट बने । कोइराला दाजुभाइको माथापच्चीबाट वाक्क भएका केदारमान व्यथितहरुले त्यसबेलै तेस्रो गुट जन्माएका थिए ।

कांग्रेसको विगत, वर्तमान र आगत त्यति सुखद् छैन । शक्तिको दाउपेच महाभारत बिर्साउने खालको छ । यद्यपि अघिल्लो पुस्ताका नेताहरूको सम्मानलाई उनीहरूले नित्य धर्म बनाए । प्रवासमा जाने बीपीको नीतिमा असहमति जनाएका कृष्णप्रसाद भट्टराई स्वदेशमै बसे । रोचक के छ भने बीपीले कार्यवाहकको जिम्मेवारी उनैलाई छोडेर यो धर्तीबाट बिदा भए ।

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन विद्यार्थीले विरोध जनाए । देउवाको कुरा लगाउन जम्मा भएका विद्यार्थीलाई बीपीले जवाफ दिँदै भनेका थिए- ‘सुदूरपश्चिमको यो केटो इमान्दार छ । जे कुरा पनि सिक्न खोज्छ, अरुले चासो दिँदैनन् । त्यसैले मैले उसलाई लिएर हिँडेको हुँ । भविष्यमा मैले यसको राम्रो सम्भावना देखेको छु ।’
देउवाको राजनीतिक उत्तरार्द्ध सुखद् भएन । जेन-जी आन्दोलनको आक्रमणपछि नाफाको जिन्दगी बाँचेका उनले बचेको इतिहास सुखद् बनाउन सकेनन् ।

देउवाको राजनीतिक उत्तरार्द्ध सुखद् भएन । जेन-जी आन्दोलनको आक्रमणपछि नाफाको जिन्दगी बाँचेका उनले बचेको इतिहास सुखद् बनाउन सकेनन् ।

२०४६ सालको बहुदल, माओवादी हिंसात्मक द्वन्द्वले ल्याएको गणतन्त्र त नेपाललाई भारत र चीनका उत्पादन बेच्ने सोरुमको लाइसेन्स दिने एजेन्सी मात्र बने । हेरौं त भारतले गाडी दिने भएपछि यहाँ चुनावको मिति तय हुन्छ । त्यही गाडी नगुडी मतपत्र गन्तव्य पुग्दैन । उसले दिएको मसी उपयोग नभई स्वस्तिक बन्दैन । डीभी नपरेको, खाडीमा मेसिनले हात ठुन्क्याएपछि उर्लिएको राष्ट्रियता र राष्ट्रिय झण्डा घाँटीमा बेरेर आगो लगाउन आएको उत्तेजनामा खासै अन्तर छैन । चुलेसीले फर्सी काटे पनि, फर्सीले चुलेसी काटे पनि त्यसले मास्ने भनेको विधि प्रक्रिया नै हो । सत्ताले केही समयका लागि नेतालाई ‘पोलिटिकल डन’ बनाए पनि सुगम र सुन्दर इतिहास लेखिँदैन । झण्डै शताब्दी यताको आधुनिक राजनीतिक उतारचढाव व्यक्तिप्रधान हुँदा प्रणाली जीर्ण बन्यो । हुँदा हुँदा अराजनीति व्यक्तिमा सत्ताको साँचो पुग्नुको परिणाम पनि यही हो ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  १० : ०५ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य