बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते « Khabarhub

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।

जिल्लाको सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा बिहान १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा जिप चालक सुर्मा गाउँपालिका–४ बस्ने अन्दाजी २७ वर्षीय कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार कार्य गरेको थियो।

जिपमा चालकसहित तीनजना सवार रहेको खुलेको छ। दुर्घटनामा परेका दुई घाइतेको नाम, थर र वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १२ : ०४ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी