यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ) « Khabarhub

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा अवधि ३० वर्ष पुगेकालाई अवकाशमा पठाउने प्रावधानसहितको ‘संघीय निजामती सेवा विधेयक’ संसद्‍मा पेस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्‍मा पेस गर्न स्वीकृति दिएसँगै बिहीबार संसद पुगेको हो ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले संघीय निजामती सेवा विधेयक दर्ताका लागि प्रतिनिधिसभामा लगेकी हुन्।

विधेयकमा कर्मचारीको अनिवार्य अवकाशसम्बन्धी व्यवस्थामा ठूलो परिवर्तन प्रस्ताव गरिएको छ। मन्त्रालयका अनुसार ५५ वर्ष उमेर पुगेको वा ३० वर्ष सेवा अवधि पूरा गरिसकेका कर्मचारीलाई अनिवार्य अवकाश दिने गरी विधेयकको मस्यौदा तयार पारिएको छ। यसरी ५५ वर्षमै अवकाश पाउने कर्मचारीलाई ५८ वर्ष सेवा अवधि मानेर सोही अनुसारको पेन्सन सुविधा उपलब्ध गराउने व्यवस्था समेत प्रस्तावित गरिएको छ।

यसैगरी, सरकारी सेवाबाट अवकाश पाएका वा जागिर छाडेका कर्मचारीहरूले अन्य सरकारी नियुक्ति लिनुपर्दा दुई वर्षको ‘कुलिङ पिरियड’ लाग्ने व्यवस्था पनि विधेयकमा समेटिएको छ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १२ : १८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप