काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा अवधि ३० वर्ष पुगेकालाई अवकाशमा पठाउने प्रावधानसहितको ‘संघीय निजामती सेवा विधेयक’ संसद्मा पेस गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएसँगै बिहीबार संसद पुगेको हो ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले संघीय निजामती सेवा विधेयक दर्ताका लागि प्रतिनिधिसभामा लगेकी हुन्।
विधेयकमा कर्मचारीको अनिवार्य अवकाशसम्बन्धी व्यवस्थामा ठूलो परिवर्तन प्रस्ताव गरिएको छ। मन्त्रालयका अनुसार ५५ वर्ष उमेर पुगेको वा ३० वर्ष सेवा अवधि पूरा गरिसकेका कर्मचारीलाई अनिवार्य अवकाश दिने गरी विधेयकको मस्यौदा तयार पारिएको छ। यसरी ५५ वर्षमै अवकाश पाउने कर्मचारीलाई ५८ वर्ष सेवा अवधि मानेर सोही अनुसारको पेन्सन सुविधा उपलब्ध गराउने व्यवस्था समेत प्रस्तावित गरिएको छ।
यसैगरी, सरकारी सेवाबाट अवकाश पाएका वा जागिर छाडेका कर्मचारीहरूले अन्य सरकारी नियुक्ति लिनुपर्दा दुई वर्षको ‘कुलिङ पिरियड’ लाग्ने व्यवस्था पनि विधेयकमा समेटिएको छ।














प्रतिक्रिया