अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, नौ महिला तथा बालबालिकाको मृत्यु « Khabarhub

अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, नौ महिला तथा बालबालिकाको मृत्यु


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु भएको तालिबान सरकारले जनाएको छ । आक्रमणमा ११ जना सर्वसाधारण घाइते भएको अफगान पक्षको दाबी छ ।

पाकिस्तानले भने अफगानिस्तानमा रहेका आतंकवादीका लुकेका स्थान तथा शिविरलाई लक्षित गरी हवाई कारबाही गरिएको जनाएको छ । पाकिस्तानको प्रारम्भिक विवरणअनुसार कारबाहीमा २२ जना आतंकवादी मारिएका छन् ।

दुवै पक्षले सार्वजनिक गरेको हताहतको विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले दक्षिणी हेल्मन्ड र पूर्वी कुनार प्रान्तमा सर्वसाधारणका घरलाई लक्षित गरी हवाई आक्रमण भएको बताएका छन् । उनका अनुसार आक्रमणमा तीनवटा घर ध्वस्त भएका छन् । मुजाहिदले घटनाको निन्दा गर्दै यसलाई आक्रामक कार्य तथा अन्तर्राष्ट्रिय रूपमा स्वीकृत सिद्धान्तको उल्लङ्घन भएको बताए ।

पाकिस्तानको सूचना मन्त्रालयले भने आतंकवादी लुकेका स्थान तथा शिविरलाई लक्षित गरी सुनियोजित हवाई कारबाही गरिएको जनाएको छ । मन्त्रालयका अनुसार लक्षित स्थानबाट ठूलो मात्रामा हतियार तथा गोलाबारुद फेला पारेर नष्ट गरिएको थियो । कारबाहीका क्रममा सर्वसाधारणलाई क्षति नहोस् भनेर अधिकतम सावधानी अपनाइएको पाकिस्तानको दाबी छ ।

पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारमाथि तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) लगायतका समूहलाई अफगान भूमिबाट गतिविधि सञ्चालन गर्न दिएको र ती समूहले पाकिस्तानमा आक्रमण गरिरहेको आरोप लगाउँदै आएको छ । अफगानिस्तानले भने टीटीपीलाई सुरक्षित आश्रय दिएको आरोप अस्वीकार गर्दै आएको छ ।

दुई देशबीच सीमापार झडप र उग्रवादी गतिविधिलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । यस वर्षको सुरुदेखि तनाव बढेपछि पाकिस्तानले अफगानिस्तानभित्र पटकपटक हवाई कारबाही गर्दै आएको छ ।

यसैबीच, अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनले यस वर्ष सीमापार हिंसाका कारण एक हजार एक सयभन्दा बढी अफगान नागरिकको मृत्यु तथा घाइते भएको जनाएको छ । 

पाकिस्तानले भने सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरिएको आरोप अस्वीकार गर्दै पाकिस्तानभित्र आक्रमण गर्ने आतंकवादीलाई मात्र निशाना बनाइएको बताउँदै आएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  १२ : ३४ बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी